सांसद कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०८०
|
|
४३ पटक हेरिएको
Shares
सांसद कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने

सारांश

  • काठमाडौं।
  •  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ ।
  • सो पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई गएको चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ ।

सो पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई गएको चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार सङ्घीय सचिवालयले रास्वपाले श्रेष्ठमाथि गरेको कारबाही कानुनसम्मत छ कि छैन भनेर अध्ययन गर्न लागेको जनाइएको छ ।

सचिवालयले आइतबारदेखि अध्ययन गरेर सो बारेको यथार्थ सभामुखलाई जानकारी गराउने सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले बताए।

उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐनले जे–जे व्यवस्था गरेको छ, साधारण सदस्यबाट निष्कासन गर्नका लागि जुनविधि प्रक्रिया अपनाउनुपर्छ भनिएको छ, सो सम्बन्धी प्रक्रिया पूरा गरेको छ कि छैन भनेर अध्ययन गरिनेछ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४, ३५ र ३६ मा संसद् सदस्यले दल त्याग गरेमा वा निष्कासन गरेमा त्यसको सूचना संसद्मा दिनुपर्ने र सो सूचना दर्ता भएको १५ दिनभित्र सभामुखले प्रतिनिधि सभाको बैठकमा वाचन गरेर जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।

संसद् नचलेको बेला छ सभामुखले सूचना पार्टीमा सूचना टाँस गरेर जानकारी गराउनुपर्नेछ । गत चैत ३० गते ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको पत्र रास्वपाले आयोगमा पठाएको थियो ।

आगामी वैशाख १४ गतेभित्र उनीमाथि गरिएको कारबाही प्रक्रियागत रुपमा ठिक भए सभामुखले स्थान रिक्तताको जानकारी गराउने सङ्घीय सचिवालयले जनाएको छ ।

सभामुखले सदनमा स्थान रिक्तताको जानकारी गराएपछि निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका कुनै एक उम्मेदवारलाई प्राथमिकता क्रम अनुसार छनौट भएका व्यक्तिलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने बताइएको छ ।

रास्वपाले भने समानुपातिक सूचीमा रहेका विन्दवासिनी कङ्साकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रु दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्न निर्णयप्रति गगन थापाको आपत्ति
पूर्व राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्न निर्णयप्रति गगन थापाको आपत्ति
सांसद डा वाग्ले भन्छन् : राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ
सांसद डा वाग्ले भन्छन् : राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ
शनिबार अधिकांश विदेशी मुद्राको भाउ घट्यो
शनिबार अधिकांश विदेशी मुद्राको भाउ घट्यो
नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी
नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको १२ वर्ष, यसकारण ठमठमी हिड्छन्
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको १२ वर्ष, यसकारण ठमठमी हिड्छन्
आफ्नै छोराले बाबुको हत्या
आफ्नै छोराले बाबुको हत्या
सुनको भाउ एक सातामै साढे ४ हजारले बढ्यो, कतिमा हुदैछ कारोबार?
सुनको भाउ एक सातामै साढे ४ हजारले बढ्यो, कतिमा हुदैछ कारोबार?
अब्बल बन्दैछन् सामुदायिक विद्यालय
अब्बल बन्दैछन् सामुदायिक विद्यालय
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश
राष्ट्रपति मैत्रिपाला सिरिसेनाले गरे संसद विघटन
राष्ट्रपति मैत्रिपाला सिरिसेनाले गरे संसद विघटन