अमिताभ बच्चनबाट भयो यस्तो गल्ती
सारांश
- मुम्बई, २० जेठ ।
- बलिउडका बरिष्ठ अभिनेता अमिताभ बच्चन यतिबेला करण जोहरद्वारा निर्मित चलचित्र ब्रह्मास्त्रमा व्यस्त छन् ।
- फिल्ममा रणबीर कपूर र आलिया भट्ट मुख्य भूमिका निर्वाह गर्नेछन् ।
मुम्बई, २० जेठ । बलिउडका बरिष्ठ अभिनेता अमिताभ बच्चन यतिबेला करण जोहरद्वारा निर्मित चलचित्र ब्रह्मास्त्रमा व्यस्त छन् । फिल्ममा रणबीर कपूर र आलिया भट्ट मुख्य भूमिका निर्वाह गर्नेछन् ।
हालै फिल्म ब्रह्मास्त्रको शुटिङ सेटबाट केही तस्वीरहरु बाहीर आए । जहाँ अमिताभ बच्चन सहित फिल्मका अन्य कलाकार पनि थिए । तर अन्जानमै अमिताभले ठूलो गल्ती गरे । उनले फोटोलाई क्याप्सन दिने क्रममा रणबीरको ठाउँमा रणवीरको नाउँ लेखे । झट्ट हेर्दा यो सामान्य गल्ती लाग्छ तर मान्छे नै फरक पर्न जाने गल्ती पक्कै पनि सामान्य हुन सक्दैन ।
उनको पोष्टमा धेरै प्रतिक्रियाहरु आए, गल्तीलाई दर्शाउँदै । उनले लगत्तै आफूले त्यो लेख्न नचाहेको कुरा सामाजिक सञ्जालबाटै बताए ।
फिल्म धेरैजसो विदेश मै शुटिङ गरिएको छ । फिल्म करणले थ्री डि मा रिलीज गर्ने तयारी गरिरहेका छन् । एक फिल्म तीन पार्टमा रिलीज हुन लागेको यो पहिलो फिल्म हो ।
यो फिल्ममा रणबीर र आलियाको क्यामेस्ट्री देख्न पाइनेछ ।
प्रतिक्रिया