६० बर्षदेखि म्याद थपेको थप्यै, पूरा भएन कान्ति लोकपथ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
६० बर्षदेखि म्याद थपेको थप्यै, पूरा भएन कान्ति लोकपथ

सारांश

  • काठमाडौं, १८ साउन ।
  • कान्ति लोकपथ यस वर्ष पनि सम्पन्न हुन सकेन ।
  • तोकिएको समयमा काम नसकिएपछि कान्ति लोकपथ निर्माण योजनाको म्याद थप्न माग गरिएको छ ।

काठमाडौं, १८ साउन । कान्ति लोकपथ यस वर्ष पनि सम्पन्न हुन सकेन । तोकिएको समयमा काम नसकिएपछि कान्ति लोकपथ निर्माण योजनाको म्याद थप्न माग गरिएको छ ।

१ वर्ष म्याद थप्न सडक विभागसँग प्रस्ताव पठाएको उक्त योजनाका इन्जिनियर नरेन्द्र भट्टले जानकारी दिए । “लगभग सम्पूर्ण काम अन्तिम अबस्थामा पु¥याइएको छ । केही काम बाँकी रहेकोले म्याद थप्नुपरेको हो”, इन्जिनियर भट्टको दावी छ । दुई हप्ताभित्र १ वर्षकै म्याद थपिने बताउँदै उनले अघिल्लो आर्थिक वर्षभित्र नै काम सकी काठमाडौं–मकवानपुर (हेटौडा)मा सवारी गुडाउने लक्ष्य भए पनि पूरा नभएको स्वीकार गरे ।

छोटो दूरी भएकाले कम समयमै आउन जान सकिने हुँदा सरकारले यसलाई बैकल्पिक मार्गको रुपमा विशेष प्राथमिकतामा दिँदै आएको छ । आजको नेपाल समाचारपत्रले यो समाचार छापेको छ । विस २०१३ सालमा ट्रयाक खोलिएको यस मार्गमा २०७१÷७२ देखि बहुबर्षीय ठेक्का लगाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?