म छिरिङ वाङ्देल गुरुङ हो, गोरेले भनेको छिरिङ अर्कैै पनि हुनसक्छ: गुरुङ
सारांश
- काठमाडाै, २० जेठ ।
- साढे ३३ किलाे सुन तस्करी र सनम श्रेष्ट हत्या अभियाेग लागेका मुख्य मध्यका एक अभियुक्त छिरिङ वाङ्गेल घलेले माेरङ जिल्ला अदालतमा बयान दिएका छन ।
- आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरे लगतै सुरु भएको बयानमा उनले आफूमाथि लागेको सबै आभियोग अस्वीकार झुटाे रहेकाे बताएका छन ।
काठमाडाै, २० जेठ । साढे ३३ किलाे सुन तस्करी र सनम श्रेष्ट हत्या अभियाेग लागेका मुख्य मध्यका एक अभियुक्त छिरिङ वाङ्गेल घलेले माेरङ जिल्ला अदालतमा बयान दिएका छन ।
आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरे लगतै सुरु भएको बयानमा उनले आफूमाथि लागेको सबै आभियोग अस्वीकार झुटाे रहेकाे बताएका छन ।भुजुङ गुरुङ नाताले भिनाजु पर्ने भएपछि सुन तस्करीमा आफ्नो संलग्नता नभएको उनले बताएका छन् ।
मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग भने चिनजान नै नभएको उनले बयानमा भनेका छन। जबकी गोरेले सुन तस्करीको नेपालमा सेटिङ मिलाउने मुख्य व्यक्ति छिरिङ भएको र छिरिङकै मातहतमा बसेर आफूले भरियाको नेतृत्व गरेको बयान दिएका थिए ।
छिरिङले भने आफू सुन तस्करीमा संलग्नै नभएको दाबी गरेका छन् । साढे ३३ किलो सुन हराएपछि भने गोरे र उनका केटाहरुलाई दुई पटक बोलाएर सोधपुछ गरेको स्वीकार गरेका छन् । तिलगंगा नजिकै एक होटलमा भएको सोधपुछका क्रममा गोरेकै दबावमा आफूले भुजुङलाई फोन गरेको उनको बयान छ ।
गोरे समूहका मानिसहरुले भन्ने गरेको डा डेविट आफू नभएको दाबी गर्दै उनले भनेका छन्, ‘निजले अदालतमा मविरुद्ध बयान गर्नुका कारण आफ्नो समूहका मानिसलाई बचाई मलाई फसाउन हुनुपर्छ । गोरेले भनेको छिरिङ अर्कैै पनि हुनसक्छ । म छिरिङ वाङ्देल गुरुङ हो म सुन कारोगार नगर्ने हुँदा निर्दोष छु ।’
भुजुङसँग हाइड्रोको शेयरमा भने आफूले कारोबार गरेको छिरिङको बयानमा उल्लेख छ ।
प्रतिक्रिया