नारायणगढ-मुग्लिन सडक बिहानैदेखि बन्द !
सारांश
- चितवन , १९ साउन ।
- नारायणगढ-मुग्लिन सडकखण्डको घुमाउनेमा आज बिहानै पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ।
- चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ६ बजे पहिरो खसेको हो।
चितवन , १९ साउन ।नारायणगढ-मुग्लिन सडकखण्डको घुमाउनेमा आज बिहानै पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ। चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ६ बजे पहिरो खसेको हो। सडक चौडा पार्ने क्रममा भित्तो खनिएको स्थानबाट पहिरो खसेको हो।
पानी परिहेकाले पहिरो पन्छाउन समस्या भइरहेको छ। साथै पहिरो खसेको ठाउँमा माथिबाट ढुंगा झरिरहेकाले पहिरो पन्छाउन अझै तीन/चार घण्टा लाग्ने देखिएको ट्राफिक प्रहरीले जनाएको छ।
सडक बन्द भएपछि राजधानीबाट बाहिर जाँदै गरेका तथा विभिन्न जिल्लाबाट राजधानी आउँदै गरेका सवारीसाधनको लामो लाइन लागेको छ। यसअघि साउन १७ गते पनि सोही ठाउँमा पहिरो खस्दा पाँच घण्टा सडक बन्द भएको थियो। नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरोको जोखिम छ । विस्तार गरी सडक राम्रो बनाइएको भए पनि वर्षा लागेयता बारम्बार पहिरो खस्ने समस्याले नारायणगढ-मुग्लिन सडकमा यात्रुले सास्ती पाउँदै आएका छन्।
प्रतिक्रिया