ललितपुर-१ मा राणा र सिलवालबीच मुख्य प्रतिस्पर्धा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २८, २०७९
|
|
२३ पटक हेरिएको
Shares
ललितपुर-१ मा राणा र सिलवालबीच मुख्य प्रतिस्पर्धा

सारांश

  • ललितपुर ।
  • प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं १ मा उदयशम्शेर राणा र नवराज सिलवालसहित २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
  • विभिन्न दलबाट ११ र १० जना स्वतन्त्र उम्मेदवारमध्ये मुख्य प्रतिस्पर्धा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य राणा र नेकपा एमालेका उम्मेदवार सिलवालबीच नै हुने देखिन्छ ।

ललितपुर । प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं १ मा उदयशम्शेर राणा र नवराज सिलवालसहित २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । विभिन्न दलबाट ११ र १० जना स्वतन्त्र उम्मेदवारमध्ये मुख्य प्रतिस्पर्धा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य राणा र नेकपा एमालेका उम्मेदवार सिलवालबीच नै हुने देखिन्छ ।

राणा र सिलवालबाहेक ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा सचिन घिमिरेले उम्मेदवारी दिएका छन्। यस्तै, आमूल परिवर्तन मसिहा पार्टी नेपालका तर्फबाट विष्णु लामा, राष्ट्रिय जनमुक्ति पार्टीबाट बालकृष्ण घिमिरे, नेसनलिष्ट पिपल्स पार्टीबाट सुभद्रा महर्जन, मङ्गोल नेसनल अगर्ननाइजेसनबाट सूर्य तामाङ बल, लोकतान्त्रिक समाजवादीबाट मनिषबहादुर श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका तर्फबाट कवीन्द्र डङ्गोल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सन्दीप आचार्य र जनता समाजवादी पार्टी नेपालबाट गोपालराज राईले उम्मेदवारी दिएका छन् ।

राजनीतिक दलबाहेक कृष्णकाजी महर्जन, शैलेन्द्र बिष्ट, गोकुल तिमल्सिना, भूपेन्द्र सिलवाल, विशाल तामाङ, नवराज घिमिरे, फूलमाया गोले, राजकुमार तिमिल्सिना, सुमन भुम्जन र गोविन्द घिमिरे केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

गोदावरी नगरपालिकाको १ देखि ११ सम्म र वडा नं १३ गरी १२ वटा वडा, बागमती, महाङ्काल, कोन्ज्योसोम गाउँपालिकाको पूरै भेगका १८ वडासमेत गरी ३० वटा वडा रहेको यो क्षेत्रमा ७४ हजार तीन सय ९७ मतदाता रहेका छन् । जसअनुसार ३७ हजार दुई सय २७ पुरुष, ३७ हजार एक सय ६९ महिला र अन्य एकजना रहेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

पुरानै प्रतिस्पर्धी राणा र सिलवाल दुवैले सांसदका रूपमा एक कार्यकालको अनुभव बटुलिसकेका छन् । विसं २०७० मा संविधानसभा सदस्यमा यसै क्षेत्रबाट निर्वाचित भएका राणालाई २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिलवालले पराजित गरे। विसं २०७० मा राणाले १८ हजार पाँच सय ६० मत ल्याएर जीत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मधुसूदन पौडेलले १० हजार छ सय ८२ मतमात्र प्राप्त गरेका थिए । नेपाल प्रहरीको आइजिपीको प्रतिस्पर्धामा असफल भएपछि सोही असोजमा डिआइजीबाट राजीनामा दिएर एमालेमा प्रवेश गरी राजनीतिमा होमिनुभएका सिलवाल पहिलो प्रयासमै सांसद बन्न सफल भएका थिए । राणा त्यसबेला अर्थ राज्यमन्त्री थिए ।

दोस्रो पटक चुनावी प्रतिस्पर्धामा रहेका राणा र सिलवालबीच गत निर्वाचन र अहिलेमा समीकरणमा नै अदलबदल भएको छ । अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार सिलवाललाई समर्थन गरेको नेकपा (माओवादी केन्द्र) ले यस पटक नेपाली कांग्रेससँग गठबन्धन गरेको छ । गत निर्वाचनमा सिलवालले २६ हजार नौ सय ५१ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार राणाले २० हजार सात सय २९ मत पाएका थिए । विसं २०६५ देखि यस क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेदवार भएका राणा चौथो पटक चुनावी मैदानमा छन् भने सिलवाल दोस्रो पटक प्रतिस्पर्धा गर्दै छन् । विसं २०६४ मा माओवादीका उम्मेदवार वर्षमान पुनसँग पराजित भएका राणाले २०७० को निर्वाचनमा एमालेका उम्मेदवार पौडेललाई पराजित गर्दै संविधानसभाको सदस्य हुने अवसर पाएका थिए ।

उदय शम्शेरभन्दा पहिला उनका पिता सागरशमशेर राणा नेपाली कांग्रेसका तर्फबाट यो क्षेत्रबाट उम्मेदवार बन्दै आएका थिए । आफूले कहिल्यै जीत हासिल गर्न नसकेपछि छोरोलाई राजनीतिमा स्थापित गरेर उनले राजनीतिबाट आराम लिए । बहुदलीय व्यवस्था आएपछि २०४८ र २०५१ मा एमालेका उम्मेदवार मिठाराम शर्मा बजगाइँसँग पराजित भएका उनले २०५६ सालको आम चुनावमा पनि एमालकै उम्म्मेदवार सुशीला नेपालसँग हार बेहोर्नु प¥यो ।

राणाले आफू राज्यमन्त्री हुँदा गरेका काम नै आसन्न निर्वाचनका लागि जीतको बलियो आधार मानेका छन् । “म आफू सांसद हुँदा र नहुँदा पनि यस क्षेत्रको विकासमा निरन्तर क्रियाशील भएर काम गरेको छु । यही आधारमा पनि यहाँका मतदाताले मलाई विश्वास गरेर मत दिन्छन्”, राणा भन्छन् ।

उता सिलवालले पनि गत निर्वाचनमा आफू सांसद भएपछि गरेका कामहरू नै आफ्नो जीतको आधार भएको दाबी गरिरहेका छन् । “मैले सांसद भएर अघिल्लो कार्यकालमा धेरै काम गरेको छु, यहाँका जनताको सुखदुःखमा साथ दिएको छु । त्यसकारण पनि जनताले मलाई विश्वास गरेर मत दिनेछन् ।”

गत स्थानीय चुनावमा कूल ३० वटा वडामध्ये २२ वटा वडामा कांग्रेसले, पाँचवटा वडामा माओवादी केन्द्रले र तीनवटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जीत हासिल गरेका छन् । यो क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २३ हजार आठ सय ५४, एमालेले १८ हजार नौ सय ९३, माओवादीले ६ हजार एक सय ३३ र राप्रपाले एक हजार ७५ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    найкращий реферальний код на бнанс

    Your article helped me a lot, is there any more related content? Thanks!

    Comment Author

    binance-

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?