मुख्यमन्त्री शाही बेल्चा लिएर फोहर सोहर्न निस्किएपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
४९ पटक हेरिएको
Shares
मुख्यमन्त्री शाही बेल्चा लिएर फोहर सोहर्न निस्किएपछि…

सारांश

  • सुर्खेत, ९ भदौ ।
  • कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही शनिवार बिहानै बेल्चा लिएर सडकमा निस्किए ।
  • टिसर्ट, ट्राउजर र स्पोर्ट जुत्तामा २ जना अंगरक्षकसहित हातमा बेल्चा बोकेका मुख्यमन्त्री शाही वीरेन्द्रनगरको घण्टाघर चोकमा पुगेका हुन् ।

सुर्खेत, ९ भदौ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही शनिवार बिहानै बेल्चा लिएर सडकमा निस्किए । टिसर्ट, ट्राउजर र स्पोर्ट जुत्तामा २ जना अंगरक्षकसहित हातमा बेल्चा बोकेका मुख्यमन्त्री शाही वीरेन्द्रनगरको घण्टाघर चोकमा पुगेका हुन् ।

नेपाल मानव धर्म सेवा समिति सुर्खेतको टोली घण्टाघरमा मुख्यमन्त्री शाहीलाई स्वागतका लागि तयारी अवस्थामा थियो । मुख्यमन्त्री शाहीलाई मानव धर्म सेवा समितिको टोलीले स्वागत गर्दा प्रदेश सरकारकी प्रवक्ता तथा भूमि व्यवस्था एवं कृषि सहकारी मन्त्री विमला केसी र बीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी पनि सोही ठाउँमा आइपुगेका थिए ।

मानव धर्म सेवा समितिद्वारा राखिएको नगर सरसफाई कार्यक्रमका बारेमा छोटो मन्तव्य राखिसकेपछि मुख्यमन्त्री शाही आफै सडक छेउँछाउँमा रहेको फोहोरको थुप्रोमा बेल्चा चलाउन शुरु गरे । मुख्यमन्त्रीलाई साथ दिँदै प्रवक्ता विमला केसी र नगरप्रमुख देवकुमार सुवेदी पनि फोहोरको थुप्रो सफा गर्न थाले । फुर्तिलो र छिटोछरितो ज्यान भएका शाहीले पसिना चुहिने गरी बेल्चा चलाउँदै नगरको सरसफाईका लागि नगरवासी नै सक्रिय हुनुपर्ने धारणा राखे ।

वीरेन्द्रनगरलाई कर्णाली प्रदेशकै सफा र पर्यटकीय नगरी निर्माण गर्नुपर्ने उनको भनाई छ । सरसफाई गर्दै गर्दा मुख्यमन्त्री शाही र उनको टोली यस्तो देखियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी
विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी
खग्रास चन्द्रग्रहण के हो ?
खग्रास चन्द्रग्रहण के हो ?
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो
राजधानीमा दुई दिने ‘इण्डियन शैक्षिक’ मेला सुरु
राजधानीमा दुई दिने ‘इण्डियन शैक्षिक’ मेला सुरु
रुकुमका गाउँपालिका वडा सदस्य नेपालगन्जमा पक्राउ
रुकुमका गाउँपालिका वडा सदस्य नेपालगन्जमा पक्राउ
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
‘समृद्धि’ हाम्रो साझा लक्ष्य : प्रधानमन्त्री ओली
‘समृद्धि’ हाम्रो साझा लक्ष्य : प्रधानमन्त्री ओली
वीर अस्पतालका न्युरोसर्जन डा. ध्रुवराज अधिकारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
वीर अस्पतालका न्युरोसर्जन डा. ध्रुवराज अधिकारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
प्रधान न्यायाधीशलाई मिश्रलाई जोशीले यसरी गरे स्वागत, आजदेखि काममा फर्कने
प्रधान न्यायाधीशलाई मिश्रलाई जोशीले यसरी गरे स्वागत, आजदेखि काममा फर्कने