यि हुन् काठमाडाैमा काेठा नपाउने सांसद !
सारांश
- काठमाडौ, २२ जेठ ।
- संघीय समाजवादी फोरमकी सांसद कलुदेवी विश्वकर्माले आफुले दलित भएकै कारण राजधानीमा एक महिनादेखि डेरा नपाएको गुनासो गरेकी छिन् ।
- प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले केन्द्रीय राजधानीमै दलितप्रति ठुलो भेदभाव रहेको र त्यही कारण आफुले एक महिनादेखि डेरा पाउन नसकेको बताईन ।
काठमाडौ, २२ जेठ । संघीय समाजवादी फोरमकी सांसद कलुदेवी विश्वकर्माले आफुले दलित भएकै कारण राजधानीमा एक महिनादेखि डेरा नपाएको गुनासो गरेकी छिन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले केन्द्रीय राजधानीमै दलितप्रति ठुलो भेदभाव रहेको र त्यही कारण आफुले एक महिनादेखि डेरा पाउन नसकेको बताईन ।कान्तिपुरका अनुसार सबभन्दा दुःखलाग्दो कुरा काठमाडौंजस्तो मुलुकको केन्द्रिय राजधानीमै दलितमाथि यति ठुलो छुवाछुत र भेदभाव रहेछ, उनले भनिन् ।
हामीले डेरा खोजेको एक महिना पुरा भयो दलित भएकै कारण पाउन सकेका छैनौँ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया