भारतीय सेनालाई कालापानीमा शरण दिइएको तथ्य पुर्वराजपरिवारबाट बाहिरियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १, २०७७
|
|
२२ पटक हेरिएको
Shares
भारतीय सेनालाई कालापानीमा शरण दिइएको तथ्य पुर्वराजपरिवारबाट बाहिरियो

सारांश

  • कालापानीको र देशको सीमाको विषयमा हामी कहाँनेर चुक्यौं ?
  • हाम्रा स्वर्गीय श्रद्धेय महाराजधिराज श्री ५ महेन्द्र वीर विक्रम शाहदेवले तत्कालीन समयमा (सन् १९६२ ) भारत र चीन बीच युद्ध चलिरहेको बेला हारेर फर्किएको भारतीय सेनाले शरण मागेपछि भारतीय सेनालाई कालापानीमा शरण दिईबक्सिएको थियो।
  • पछि सन् १९६८ सम्म महाराजधिराजले १७ वटा भारतीय क्याम्प नेपालको भूमिबाट हटाइबक्सियो।

कालापानीको र देशको सीमाको विषयमा हामी कहाँनेर चुक्यौं ? हाम्रा स्वर्गीय श्रद्धेय महाराजधिराज श्री ५ महेन्द्र वीर विक्रम शाहदेवले तत्कालीन समयमा (सन् १९६२ ) भारत र चीन बीच युद्ध चलिरहेको बेला हारेर फर्किएको भारतीय सेनाले शरण मागेपछि भारतीय सेनालाई कालापानीमा शरण दिईबक्सिएको थियो।

पछि सन् १९६८ सम्म महाराजधिराजले १७ वटा भारतीय क्याम्प नेपालको भूमिबाट हटाइबक्सियो। कालापानीको क्याम्प हटाउन ताकेता गर्दै बखतमा भारतले सुगौली सन्धिको कुरा निकालेर विवाद भएपछि दुबै देशले आधिकारिक नक्सामा उक्त भूभाग नराख्ने गरि कालापानीलाई अध्ययन टोलीको जिम्मा लगाइयो। त्यही कारण नेपालको पुरानो नक्सामा पनि कालापानी अटाउन सकेन । त्यतिबेला सार्वजनिक भएको नक्सा कस्तो थियो भनेर पनि प्रमाण पेश गरिएको छ।

सन् १९७१ मा महाराजाधिराज स्वर्गीय भईबक्सिएपछि तत्कालीन समयमा स्वर्गीय वीरेन्द्र वीर विक्रम शाहदेव राजगद्दीमा आइबक्सियो। कालापानी विवाद लगायत सीमा विवाद राजसंस्थाले हल गर्ने थियो तर, देशमा त्यसपछि ०४६ आन्दोलनले बहुदल ल्याएर दलको हातमा सर्वेसर्वा गएपश्चात राजसंस्थामा अधिकार नभएकोले कालापानी लगायत सीमा विवाद हल हुन सकेन। अध्ययन टोलीले त्यसपछि कस्लाई प्रतिवेदन बुझायो त्यो राजसंस्थालाई जानकारी भएन। तर, त्यसको परिणाम राजसंस्थासम्म कहिल्यै आइपुगेन।

देशी विदेशी षडयन्त्रपूर्वक दरबार हत्याकाण्ड घटनापश्चात गणतन्त्रको निम्ता दिएर राजतन्त्रलाई अस्तित्वविहीन बनाएपछि बल्ल त्यसको पनि १२ वर्ष पश्चात आएर अहिले भारतले आफ्नो नाममा भूभाग समेटिएको नक्सा सार्वजनिक गर्न आँट गरेको हो।

देशको सीमा रक्षा गर्नको लागि राजसंस्था कहिल्यै पनि चुकेको थिएन। राजसंस्थालाई यो देशको माया सधैं छ र रहिरहने छ।

भन्नलाई २५० वर्षको शासन गरेको भनिए पनि वास्तविक शासन स्वर्गीय महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवले सत्ता हातमा लिँदाको केही समय बाहेक अरु बेला राजसंस्था सक्रिय भएर शासन गर्न पाएको थिएन।

त्यसैले २५० वर्ष राजाले शासन गरे भन्ने तर्क पूर्ण गलत हो। नेपालको स्वर्णिम युग पनि त्यही राजसंस्थाको प्रत्यक्ष शासन भएको समय नै थियो जतिबेला विभिन्न उद्योग, सडक, राजमार्ग बनेका थिए। केही अहिले पनि संचालनमा छन् र केहीलाई दलहरुले बेचेर सकेको प्रमाण सबैलाई साक्षी नै छ।

बितेको समय फर्किएर आउला नआउला तर एकोहोरो रुपमा राजसंस्थालाई दोषी देख्ने चस्मा पहिरनु अघि यी तथ्य विचार गर्नुहुनेछ भन्ने आशा लिएका छौं। देश बिगारेको राजसंस्थाले हैन। देशको सीमा सुरक्षा नगरेको विषयमा राजसंस्थालाई नजोडियोस् भन्ने आग्रह गर्दै सबैको जय होस् भन्न चाहन्छौं ।

आराध्यदेव श्रीपशुपतिनाथले सबैको कल्याण गरून् ।
जय जननी
जय नेपाल
(टिप्पणाीकर्ता पूर्णिका शाह पूर्व राजा ज्ञानेन्द्र शाहकी नातिनी हुन्) साँघुबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?