विपद् पूर्वानुमान गर्न सेन्सर जडान

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २२, २०७६
|
|
५४ पटक हेरिएको
Shares
विपद् पूर्वानुमान गर्न सेन्सर जडान

सारांश

  • विपद् व्यवस्थापनका लागि बाँकेको कोहलपुर र बैजनाथमा सेन्सर जडान गरिएको छ ।
  • विपद्सम्बन्धी पूर्वजानकारी दिन बाँकेका आठ स्थानीय तहमध्ये दुई स्थानीय तहमा अत्याधुनिक सेन्सर जडान गरिएको हो ।
  • स्थानीय तहसँगको समन्वयमा ताइवानी संस्था नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन (एनसिडीआर)को आर्थिक सहयोगमा कोहलपुर र बैजनाथका १२ स्थानमा सेन्सर जडान गरिएको हो ।

विपद् व्यवस्थापनका लागि बाँकेको कोहलपुर र बैजनाथमा सेन्सर जडान गरिएको छ । विपद्सम्बन्धी पूर्वजानकारी दिन बाँकेका आठ स्थानीय तहमध्ये दुई स्थानीय तहमा अत्याधुनिक सेन्सर जडान गरिएको हो ।

स्थानीय तहसँगको समन्वयमा ताइवानी संस्था नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन (एनसिडीआर)को आर्थिक सहयोगमा कोहलपुर र बैजनाथका १२ स्थानमा सेन्सर जडान गरिएको हो । जडान गरिएका सेन्सरलाई नियन्त्रण गर्नका लागि कोहलपुर नगरपालिका परिसरमा प्राविधिक कक्षसमेत स्थापना गरिएको छ ।

सेन्सरबाट प्राप्त सूचनाहरुलाई अध्ययन गर्दै सोही कक्षबाट विपद्सम्बन्धी पूर्वानुमान लगाउन सकिने एनसिडीआरका निर्देशक डा चेङ होङले जानकारी दिनुभयो । एनसिडीआरका निर्देशक डा चेङ होङका अनुसार सेन्सरले विपद् आउनुअघि साइरनमार्फत जानकारी दिनेछ । सेन्सरले विपद्सम्बन्धी सबै सूचना सङ्कलन गरी सर्वसाधारणलाई जानकारी दिने व्यवस्थासमेत मिलाइएको छ ।

मोबाइल एप्लिकेसनमार्फत मोबाइलबाटै जानकारी लिन सकिने उक्त प्रविधिले सेन्सरबाट ३ रेक्टर स्केलभन्दा बढीको भूकम्प आउँदा, वर्षाको पानी र हावाहुरीसमेत मापन गर्ने जनाइएको छ । करीब तीन महीना लगाएर दुई स्थानीय तहमा सेन्सर जडान गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो ।

प्राकृतिक विपद् भूकम्प, बाढी, डुबान, वर्षा र हावाहुरीबारे पूर्वसूचना प्रणालीका लागि कोहलपुर नगरपालिकाका छ स्थान र बैजनाथ गाउँपालिकाकाका छ स्थानमा सेन्सर जडान गरिएको प्रमुख रावतले बताउनुभयो । बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले सेन्सर जडानपछि विपद्बाट हुने सम्भावित जोखिम न्यूनीकरणमा मद्दत पुग्ने बताउनुभयो ।

सेन्सर जडानका लागि कोहलपुर नगरपालिकाका प्रमुख रावत र बैजनाथ गाँउपालिकाका प्रमुख रुचाल केही समयअघि ताइवान पुगेर ताइवानी संस्था एनसिडीआरसँग सहमति गर्नुभएको थियो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करि प्रकरण: ‘ठूलो माछो’को रुपमा हेरिएका पोद्दारले भने पत्रकारलाइ पनि रक्सी खुवाएकाे छु !
बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय
बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय
धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी एकान्तबासमा,अत्यावश्यक सेवाबाहेक अन्य बन्द
धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी एकान्तबासमा,अत्यावश्यक सेवाबाहेक अन्य बन्द
प्रचण्डलाई जनयुद्धको भूतले तर्सायो
प्रचण्डलाई जनयुद्धको भूतले तर्सायो
लोक संस्कृति संरक्षणमा गाउँपालिका
लोक संस्कृति संरक्षणमा गाउँपालिका
मुख्यमन्त्रीहरूबाट शुभकामना सन्देश
मुख्यमन्त्रीहरूबाट शुभकामना सन्देश
सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री शर्मा
सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री शर्मा
१५ हजार सरकारी कर्मचारी नै गरिबको सूचिमा !
१५ हजार सरकारी कर्मचारी नै गरिबको सूचिमा !
अबदेखि काम गर्न दुवई जाँदा प्रहरी रिपोर्ट चाहिँदैन
अबदेखि काम गर्न दुवई जाँदा प्रहरी रिपोर्ट चाहिँदैन
अमेरिकी फौ*जद्वारा इस्ला*मिक स्टेटका प्रमुख मा-रिएको ट्रम्पद्वारा घोषणा
अमेरिकी फौ*जद्वारा इस्ला*मिक स्टेटका प्रमुख मा-रिएको ट्रम्पद्वारा घोषणा