मन्त्री उपस्थित नभएपछि बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०७५
|
|
३५ पटक हेरिएको
Shares
मन्त्री उपस्थित नभएपछि बैठक स्थगित

सारांश

  • काठमाडौँ, ३ असार ।
  •   विषयगत चार मन्त्रालयका मन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभाको अायतबारकाे बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।
  • विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थिति भएको थिएन ।

काठमाडौँ, ३ असार ।  विषयगत चार मन्त्रालयका मन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभाको अायतबारकाे बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।

विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थिति भएको थिएन । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतको छलफल चलिरहेको थियो ।

नेपाली काँग्रेसका अमरेशकुमार सिंहले विषयगत मन्त्रालयका मन्त्रीको बैठकमा उपस्थित नभएकाले बैठकको कुनै औचित्य नहुने जनाउँदै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?