पीपीएल क्रिकेटः बुटवलको विजयी यात्रा जारी, आयोजक पोखरा ३३ रनले पराजित !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०७५
|
|
२४ पटक हेरिएको
Shares
पीपीएल क्रिकेटः बुटवलको विजयी यात्रा जारी, आयोजक पोखरा ३३ रनले पराजित !

सारांश

  • काठमाडौँ, ११ कात्तिक ।
  • पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्सले आयोजक पोखरा पल्टनलाई ३३ रनले हराएको छ ।
  • १ सय ५१ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० अाेभरमा १ सय १७ रन मात्र बनाएपछि बुटवलले खेल ३३ रनले जितेको हो ।

काठमाडौँ, ११ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्सले आयोजक पोखरा पल्टनलाई ३३ रनले हराएको छ । १ सय ५१ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० अाेभरमा १ सय १७ रन मात्र बनाएपछि बुटवलले खेल ३३ रनले जितेको हो । यो बुटवलको लगातार दोस्रो जित हो ।


३१ रनमा पहिलो विकेट गुमाएको पोखराले १०० रनमा आफ्नो नवौँ विकेट गुमाएको थियो । पोखराका लागि प्रारम्भिक खेलाडी आशिफ शेखले २० र कप्तान शरद भेषावकरले १९ रन बनाउनु बाहेक अन्यले सम्झन लायक पारी खेलेनन् । बुटवललाई जिताउने क्रममा कप्तान सोमपाल कामी, ललित राजवंशी, बिपिन खत्री र रोहन मुस्ताफाले समान २–२ विकेट लिए ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । बुटवलका लागि भिम शार्कीले ५४, रोहन मुस्ताफाले ४५, सोमपाल कामीले २२ र सिद्धान्त लोहनीले १३ रन बनाए भने अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । पोखराका मोहमद नविद एक्लैले ३ विकेट लिए ।

याे जितसँगै बुटवल ४ अ‌ंकसहित अंकतालिकाकाे शिर्ष स्थानमा उक्लिएकाे छ । 
आतबार नै भएको अर्को खेलमा एक्सपर्ट धनगढीले विराटनगर टाइटनलाई हराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?