दुर्घटना हुँदा सह–चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २१, २०७४
|
|
१६ पटक हेरिएको
Shares
दुर्घटना हुँदा सह–चालकको मृत्यु

सारांश

  • अस्विन खडका उदयपुर २१ चैत्र उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित गाईघाट–कटारी सडकमा टिपर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ।
  • ढुंगा बोकेर नेपालटारबाट कटारी जाँदै गरेको ना४ख १८६० नम्बरको टिपर गएराती ९ वजे अनियन्त्रित भएर दुर्घटना भएको हो।
  • टिपर सडकबाट २० मिटर तल खसेको थियो।

अस्विन खडका

उदयपुर २१ चैत्र

उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित गाईघाट–कटारी सडकमा टिपर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ।

ढुंगा बोकेर नेपालटारबाट कटारी जाँदै गरेको ना४ख १८६० नम्बरको टिपर गएराती ९ वजे अनियन्त्रित भएर दुर्घटना भएको हो। टिपर सडकबाट २० मिटर तल खसेको थियो।

दुर्घटनामा टिपरका सह–चालक त्रियुगा नगरपालिका–४ बगाहा बस्ने २२ वर्षीय सुबोध परियार गम्भीर घाइते भएका थिए। कटारी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपरका चालक भने फरार छन्। उनको खोजी भइरेहको प्रहरी जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?