युद्धमा घाइते बनेका कमिलाको उपचार कसरी हुन्छ ?
सारांश
- कमिलाहरुले यात्रा वा युद्धका क्रममा घाइते भएका आफ्ना साथीहरुलाई अलपत्र पारेर छोड्दैनन् भन्ने तथ्य प्रमाणित भएको छ ।
- अमेरिकी साइन्स जर्नलले प्रकाशित गरेको एक अध्ययनमा कमिलाहरुले युद्धक्षेत्रमा घाइते भएका आफ्ना साथी सैनिकहरुलाई उपचारका लागि घर ल्याउने तथ्य फेला पारिएका छन् ।
- अध्ययनकर्ताहरुले अफ्रिकामा पाइने ‘मेटावेले’ नाम गरेको कमिलाको लामो समय अध्ययन गरेका थिए ।
कमिलाहरुले यात्रा वा युद्धका क्रममा घाइते भएका आफ्ना साथीहरुलाई अलपत्र पारेर छोड्दैनन् भन्ने तथ्य प्रमाणित भएको छ । अमेरिकी साइन्स जर्नलले प्रकाशित गरेको एक अध्ययनमा कमिलाहरुले युद्धक्षेत्रमा घाइते भएका आफ्ना साथी सैनिकहरुलाई उपचारका लागि घर ल्याउने तथ्य फेला पारिएका छन् । अध्ययनकर्ताहरुले अफ्रिकामा पाइने ‘मेटावेले’ नाम गरेको कमिलाको लामो समय अध्ययन गरेका थिए । अध्ययनका अनुसार ती कमिलाहरु मोर्चाबन्दीसहित अर्को रातो कमिलाको झुन्ड तथा धमिरालाई आक्रमण गर्ने र युद्धमा घाइतेहरुलाई उद्धार गरी आफ्नो क्षेत्रमा ल्याइ उपचार गर्ने गर्दछन् । यसै अध्ययनले घाइते कमिलाहरुलाई उपचारका लागि अन्य कुशल कमिलाले बोकेर आफ्नै इलाकामा ल्याउने गर्दछन् ।
अध्ययनकर्ता, लेखक तथा वुएर्जबर्ग विश्वविद्यालय जर्मनीमा पीएचडी अध्ययनरत इरिक फ्रैंकले कमिला मानिसजस्तै सामाजिक प्राणी भएको र मानिसहरुले खासै वास्ता नगरेकोले यस्तो तथ्य बाहिर आउन समय लागेको बताए । उनका अनुसार यस अध्ययनमा कमिलाको सम्पूर्ण व्यवहारको अध्ययन गरिएको थियो । अफ्रिकामा पाइने ‘मेटावेले’ नामका ती कमिलाको मुख्य काम सिकार गरेर जीविकोपार्जन गर्ने तथा सिकार गर्न नसक्नेलाई आफ्नो समुदायमा राखेर स्याहार गर्ने रहेको पाइएको छ । त्यसका लागि ती कमिलाहरु दिनको चारपटकसम्म शिकारका लागि निस्कन्छन् ।
उनिहरु शिकार पनि समुहमा मिलरै गर्छन् । इरिकले ती कमिलाको समूहमा फरक फरक भूमिका सहितका लडाकु रहेकोसमेत बताए । उनका अनुसार उनीहरु सिकारका लागि बाहिर जाँदा आवस्यक खानेकुरासमेत लिएर जाने गर्छन् । अध्ययनमा उल्लेख भए अनुसार आक्रमणमा जाने कमिलामध्ये सरदर ३२ प्रतिशत घाइते हुने गरेको र ती घाइतेहरुलाई उपचार गरेपछि कुशल रहेका कमिलाहरु फेरि आक्रमणमा जाने गरेको तथ्य फेलापरेको छ । तर, अनौठो कुरा के भने घाइते कमिला फेरि आक्रमणमा नजाने र उनीहरुले आफ्नो बासस्थानको आकार बढाउन काम गर्ने गरेको पाइएको छ ।
Dawa Sherpa
wow one of the small insect better than human nature.