डा देवकोटाको काजकिरिया तीन छोरीहरुले गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
डा देवकोटाको काजकिरिया तीन छोरीहरुले गर्ने

सारांश

  • काठमाडौं, ५ असार ।
  • वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालाई मंगलबार दिउँसो पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा उनकी श्रीमती मधु देवकोटा र तीन छोरीले बिदाइ गरेका छन्।
  • त्‍यसअघि उनलाई पशुपतिनाथको ब्रह्‍मनालमा लगिएको थियो।

काठमाडौं, ५ असार । वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालाई मंगलबार दिउँसो पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा उनकी श्रीमती मधु देवकोटा र तीन छोरीले बिदाइ गरेका छन्।

त्‍यसअघि उनलाई पशुपतिनाथको ब्रह्‍मनालमा लगिएको थियो। त्‍यहाँ हजारौँ शुभचिन्तकहरु उनलाई हेर्न उपस्थित थिए।

शिरमा ढाका टोपी पहिरिदिएर उनको पार्थिव शरीरलाई ब्रह्‍मनालमा विधिपूर्वक पूजा गरिसकेपछि सेनाले सलामी दिएको थियो। त्‍यसपछि छोरीहरुले बोकेर उनको शव विद्युतीय शवगृहमा लगेका थिए।

सोमबार साँझ निधन भएका डा। देवकोटालाई मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेदेखि बाँसबारीस्थित न्यूरो अस्पतालमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो।

अन्तिम श्रद्धाञ्जलीपछि बाँसबारीबाट पशुपतिनाथ परिसरसम्म उनको शवयात्रा गरिएको थियो।

६५ वर्षीय डा देवकोटाको काजकिरिया उनका तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्नेछन्। उनको काजकिरिया सात दिनमा सम्पन्न हुने परिवारजनले जानकारी दिएका छन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Buddhi Ram

    rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?