निर्मला हत्या प्रकरणमा: दुई डिएसपी सहित पाँच प्रहरी निलम्बन
सारांश
- काठमाडौं ३०,भदौ।
- कञ्चनपुरमा १३ वर्षीय बालिका बलात्कारपछि हत्या गरिएकाे निर्मला पन्तको घटनाकाे अनुसन्धानमा लापरबाही भएको भन्दै सरकारकाे अालाेचना भइरहेका बेला गृह मन्त्रालयले थप ५ प्रहरी निलम्बन गरेकाे छ।
- यसअघि भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिसमा पाँच जना प्रहरीलाई निलम्बन गरिएकाे थियाे।
काठमाडौं ३०,भदौ। कञ्चनपुरमा १३ वर्षीय बालिका बलात्कारपछि हत्या गरिएकाे निर्मला पन्तको घटनाकाे अनुसन्धानमा लापरबाही भएको भन्दै सरकारकाे अालाेचना भइरहेका बेला गृह मन्त्रालयले थप ५ प्रहरी निलम्बन गरेकाे छ।
यसअघि भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिसमा पाँच जना प्रहरीलाई निलम्बन गरिएकाे थियाे। तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टलाई भदौ ९ गते निलम्बन गरेको र डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी निलम्बनमा परेका हुन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया