फेसबुकमा सबैभन्दा धेरै लाइक तथा फलो गरिएका नेताहरु :पहिलो स्थानमा मोदी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ११, २०७३
|
|
१४५ पटक हेरिएको
Shares

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेसबुकमा सबैभन्दा धेरै लाइक तथा फलो गरिएका नेता बनेका छन् ।
  • अमेरिकाको पब्लिक रिलेसन्स एण्ड कम्यूनिकेसन्स र्फम भर्सन मार्सटेलरले सार्वजनिक गरेको रिपोर्ट अनुसार मोदीले फेसबुक लोकप्रियतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोश्रो स्थानमा धकेलेका छन् ।
  • मोदीलाई फेसबुक पेजमा ३ करोड ९९ लाख मानिस फलो गर्दछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेसबुकमा सबैभन्दा धेरै लाइक तथा फलो गरिएका नेता बनेका छन् । अमेरिकाको पब्लिक रिलेसन्स एण्ड कम्यूनिकेसन्स र्फम भर्सन मार्सटेलरले सार्वजनिक गरेको रिपोर्ट अनुसार मोदीले फेसबुक लोकप्रियतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोश्रो स्थानमा धकेलेका छन् ।

मोदीलाई फेसबुक पेजमा ३ करोड ९९ लाख मानिस फलो गर्दछन् । जबकी ट्रम्पलाई एक करोड ९८ लाखले मात्र ।

रोचक कुरा त के भने फेसबुकमा लोकपि्रयताको तेश्रो नम्बरमा भारतीय प्रधानमन्त्री कार्यालयको फेसबुक पेज नै रहेको छ जसमा १ करोड ३० लाख फलोअर्स छन् ।

फेसबुकमा लोकपि्रयताको चौथो स्थानमा जोर्डनकी रानिया छिन् । त्यस्तै पाँचौमा टर्किका राष्ट्रपति रेसेफ टेइप एर्डोगान रहेका छन् । उनका फलोअर्सको संख्या ८० लाख छ ।

बर्सन मार्सटेलरले फेसबुकमा सबैभन्दा सक्रिय नेताहरुको सूचि पनि सार्वजनिक गरेको छ । यसमा सबैभन्दा सक्रिय फेसबुक अकाउन्ट इथियोपिया सरकारको छ । सक्रिय फेसबुक पेजमा बोत्स्वाना सरकारको फेसबुक पेज दोश्रो स्थानमा छ । सक्रियताको हिसाबले भारतीय विदेश मन्त्रालयको फेसबुक पेज सातौँ स्थानमा रहेको छ ।

रिपोर्ट अनुसार विश्वका ठूला नेताहरुका गरी फेसबुकमा कुल ३१ करोड १० लाख फलोअर्स छन् । उनीहरुले सन् २०१६ मा ३ लाख ९८ हजार ९८२ पोष्ट गरेका छन् फेसबुकमा ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुम्लामा हेलिकप्टरकाे पंखाले लागेर एक जनाकाे मृत्यु !
हुम्लामा हेलिकप्टरकाे पंखाले लागेर एक जनाकाे मृत्यु !
इंग्ल्यान्ड हंगेरीसँग पराजित
इंग्ल्यान्ड हंगेरीसँग पराजित
तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालको काम प्रभावित
तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालको काम प्रभावित
कम्बोडियाली आमनिर्वाचनः हुन सेनको प्रधानमन्त्रीत्वकाल पुनः थप हुने
कम्बोडियाली आमनिर्वाचनः हुन सेनको प्रधानमन्त्रीत्वकाल पुनः थप हुने
रेलले जाेडिँदै काेरिया प्रायद्धिप
रेलले जाेडिँदै काेरिया प्रायद्धिप
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
महानगरपालिकाकाे वार्षिक समीक्षा गोष्ठीमा काँग्रेसका जनप्रतिनिधिले सहभागिता जनाएनन्
महानगरपालिकाकाे वार्षिक समीक्षा गोष्ठीमा काँग्रेसका जनप्रतिनिधिले सहभागिता जनाएनन्
पोखराका सुजतको पोर्चुगलमा निधन
पोखराका सुजतको पोर्चुगलमा निधन
प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारतबाट हुने
प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारतबाट हुने
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..

तपाईंले छुटाउनुभयो कि?