प्रधानमन्त्री केपी शर्मा ओलीलाइ ‘गार्ड अफ अनर’ प्रदान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री केपी शर्मा ओलीलाइ ‘गार्ड अफ अनर’ प्रदान

सारांश

  • काठमाडौं, ७ असार ।
  •   चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन सरकारले राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।
  • विहीवार चीनको ग्रेट हल अफ पिपुलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी ओलीलाई चीनले विशेष राजकीय सम्मान दिएको हो ।

काठमाडौं, ७ असार ।  चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन सरकारले राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।

विहीवार चीनको ग्रेट हल अफ पिपुलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी ओलीलाई चीनले विशेष राजकीय सम्मान दिएको हो ।

ओलीलाई गार्ड अफ अनर प्रदान गर्दा चिनियाँ प्रधानमन्त्री लि खछ्याङको उपस्थिति थियो ।

गार्ड अफ अनरपछि प्रधानमन्त्री ओलीले समकक्षीसँग भेटवार्ता गरेका छन् । भेटवार्तापछि नेपाल चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

६ दिने राजकीय भ्रमणका लागि चीन गएका प्रधामनन्त्री ओलीले बुधवार चिनियाँ राष्ट्रपति शी चिनफिङसँग भेटवार्ता गरेका थिए ।

(https://www.solidstonefabrics.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?