सप्तरीको मलेठ घटनाबारे प्रधानमन्त्री र आयोग को कुरा बाँझीयो ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सप्तरीको मलेठ घटनाबारे प्रधानमन्त्री र आयोग को कुरा बाँझीयो ?

सारांश

  • जनकपुर भदौ,२।
  • शनिबार प्रदेश २ को संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सप्तरी घटनाबारे केही  बोलेका थिए।
  •  प्रदेश २ को संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आमसभा सकेर राजमार्ग पुगेपछि गोली चलेको बताएका छन्।

जनकपुर भदौ,२। शनिबार प्रदेश २ को संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सप्तरी घटनाबारे केही  बोलेका थिए। प्रदेश २ को संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आमसभा सकेर राजमार्ग पुगेपछि गोली चलेको बताएका छन्।  मेची-महाकाली चुनावी अभियानका क्रममा फागुन २३ गते सप्तरीको मलेठमा आयोजित सभाको विरोधमा उत्रिएका लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारीहरुमाथि प्रहरीले चलाएको गोलीबाट ५ जनाको ज्यान गएको थियो।

सम्बोधनमा प्रधानमन्त्री ओलीले भने, ‘म  जनतालाई आफ्नो कुरा भन्न गएँ केही कुराहरु भनेँ। र, म फर्किएँ। हामी हाइवे पुगेपछि गोली चल्यो। सभा सिद्धिएपछि गोली किन चल्यो? कसले चलायो र किन चलायो?’उनले सम्बोधनमा थपे, आमसभा सकिएर राजमार्गमा पुगेपछि मैले सुनेँ– गोली चल्यो रे ।

आयोग को प्रतिवेदन मा एस्तो छ – ओलीले बोल्दै गर्दा गोली चल्यो
मानवअधिकार आयोगको प्रतिवेदनमा भने ओलीले सम्बोधन गरिरहँदा नै गोली चलेको बताएको छ। प्रतिवेदनमा भनिएको छ– ‘केपी शर्मा ओलीले बोल्दै गर्दा मोर्चाका कार्यकर्ताहरु अत्यधिक आक्रोशित भई पर्खाल नाघी कार्यक्रम स्थलमै प्रवेश गर्न खोज्दा त्यहाँ तैनाथ सशस्त्र प्रहरीले गोली चलायो। प्रहरीले चलाएको गोली लागि ३ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भयो। कैयौं व्यक्तिहरु घाइते भए।’

असार ३२ मा सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ।

(bolivarescapes.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Бк Mostbet: Скачать На Любое Устройство Как Скачать Mostbet Приложени
अभिनन्दनलाई स्वागत गर्न हजारौं भारतीय वागा सीमामा
अभिनन्दनलाई स्वागत गर्न हजारौं भारतीय वागा सीमामा
ओलीको एमाले जोगाउन संसद् विघटन गरे भन्ने अभिव्यक्ति सामान्य होइन:महासचिव भुसाल
ओलीको एमाले जोगाउन संसद् विघटन गरे भन्ने अभिव्यक्ति सामान्य होइन:महासचिव भुसाल
चिसोबाट बच्न शतर्कता अपनाउन अनुरोध
चिसोबाट बच्न शतर्कता अपनाउन अनुरोध
विस्तार हुँदै ओली एण्ड एसोसिएट्स, जनकपुरमा शाखा स्थापना
विस्तार हुँदै ओली एण्ड एसोसिएट्स, जनकपुरमा शाखा स्थापना
आगलागीबाट रु २५ लाखको क्षति
आगलागीबाट रु २५ लाखको क्षति
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
‘लाईट सिटी’का अभियान्ता तथा युवा उद्यमी रोशन श्रीवास्तव सम्मानित
‘लाईट सिटी’का अभियान्ता तथा युवा उद्यमी रोशन श्रीवास्तव सम्मानित
एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन
एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन

तपाईंले छुटाउनुभयो कि?