१५ देशमा फैलियो मंकीपक्स संक्रमण

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ९, २०७९
|
|
२० पटक हेरिएको
Shares
१५ देशमा फैलियो मंकीपक्स संक्रमण

सारांश

  • लन्डन।
  • पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ।
  • अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो ।

लन्डन। पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ। अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । योसँगै मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ।

देशबाहिरबाट आएका एक एक जनामा संक्रमण देखिएको इजरायल र स्वीटजरल्यान्डले जनाएका छन्। इजरायलले अर्को शंकास्पद केसको अनुसन्धान गरिरहेको जनाएको छ। मंकीपक्स सजिलै मानिसबीच सर्दैन र रोग पनि हल्का हुन्छ।

मध्ये तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो भाइरस देखिएको छ। युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दाबढी केसहरू पुष्टि भएका छन्। अन्य धेरै संदिग्ध केसहरुको अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

प्रकोपले वैज्ञानिकहरूलाई आश्चर्यचकित बनाएको छ। तर, सर्वसाधारणमा भने यसको जोखिम कम भएको बताइन्छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार भाइरस संक्रमित अधिकांश व्यक्तिहरू केही हप्ताभित्र निको हुन्छन्।

यो संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरिरमा बिमिरा देखिने, शरिर दुख्ने , थकान महशुस हुने लक्षण देखिन्छ । मानिस तथा जनाबरसँगको नजिकको सम्पर्कबाट रोग फैलिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको संकल्पमा सबैभन्दा बढी उर्जा मन्त्रालयको योगदान : मन्त्री पुन
प्रधानमन्त्रीको संकल्पमा सबैभन्दा बढी उर्जा मन्त्रालयको योगदान : मन्त्री पुन
इलाम-१ मा झलनाथ खनाल फराकिलो मतान्तरले पराजित हुने प्रक्षेपण
इलाम-१ मा झलनाथ खनाल फराकिलो मतान्तरले पराजित हुने प्रक्षेपण
अब बन्ने प्रधानमन्त्री बारे बामदेव गौतमको यस्तो खुलासा
अब बन्ने प्रधानमन्त्री बारे बामदेव गौतमको यस्तो खुलासा
एकचालीस हजारले स्वास्थ्य बीमा गरे
एकचालीस हजारले स्वास्थ्य बीमा गरे
फोहोर ल्याण्डफिल साइटमा पठाउन नसकेपछि महानगरले टेकुमा थाल्यो अस्थायी व्यवस्थापन
फोहोर ल्याण्डफिल साइटमा पठाउन नसकेपछि महानगरले टेकुमा थाल्यो अस्थायी व्यवस्थापन
‘विप्लवहरु नक्कली कमरेड हुन्, सहमतिमै मूलधारमा नआए जेलमा हालेरपनि ल्याउँछौं’
‘विप्लवहरु नक्कली कमरेड हुन्, सहमतिमै मूलधारमा नआए जेलमा हालेरपनि ल्याउँछौं’
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा
सरकार गठनमा ‘फोरम निर्णायक’
सरकार गठनमा ‘फोरम निर्णायक’
प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी
प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी
‘लौ हेर्नुहोस’ भन्दै गोरे आफैले खोले मास्क !
‘लौ हेर्नुहोस’ भन्दै गोरे आफैले खोले मास्क !

तपाईंले छुटाउनुभयो कि?