अभिनेता इरफान खानले रूवाउने चिठि पत्रकारलाइ पठाए, मेरो ओर्लने स्टेशन आइसकेको छ !

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
अभिनेता इरफान खानले रूवाउने चिठि पत्रकारलाइ पठाए, मेरो ओर्लने स्टेशन आइसकेको छ !

सारांश

  • केहि महिना अगाडि मलाई यो थाहा हुन्छ की म न्यूरोएन्डाेक्राइन क्यान्सरले ग्रस्त छु, मैले पहिलो पटक यो शब्द सुनेको थिए।
  • खोज्दै, बुझ्दै जाँदा मलाई भएको यो बिमारीको बारेमा धेरै खोज अनुसन्धान भएको छैन।
  • किनभने यो एक अनौठो शारीरिक अवस्थाको नाम हो र यहि कारणले गर्दा यसको उपचारमा अनिश्चितता धेरै छ।

केहि महिना अगाडि मलाई यो थाहा हुन्छ की म न्यूरोएन्डाेक्राइन क्यान्सरले ग्रस्त छु, मैले पहिलो पटक यो शब्द सुनेको थिए।

खोज्दै, बुझ्दै जाँदा मलाई भएको यो बिमारीको बारेमा धेरै खोज अनुसन्धान भएको छैन। किनभने यो एक अनौठो शारीरिक अवस्थाको नाम हो र यहि कारणले गर्दा यसको उपचारमा अनिश्चितता धेरै छ।

अहिलेसम्मको मेरो यात्रामा म तिब्र गतिमा चलिरहेको थिए, मसँगै मेरो योजनाहरु, आकांछाहरु, सपनाहरु र लक्ष्य थियो।

म यसमा एकोहोरो यात्रामा लागि रहेको थिए कि अचानक मलाई टिकट चेकरले मलाई झस्कायो, ‘तपाईको स्टेशन आउन लाग्यो, तपाई प्लीज ओर्लनुस्।

मैले यो बुझ्नै सकिन, ‘होइन, म ओर्लने स्टेशन अहिले आएकै छैन।’

जवाफ पाए, ‘आउँदो जुनसुकै स्टेशनमा तपाई ओर्लनुपर्छ, तपाईको गन्तव्य आइ सकेको छ।’

अचानक महशूस भयो कि तपाई कुनै प्लास्टिकको बिर्को जस्तै नचिनेको सागरमा अप्रत्याशित छालमा बगीरहनुभएको छ,.. छाललाई बशमा गर्ने भ्रममा। यहि झुटो विश्वास, सहानुभूति र डरमा हडबडाएर म आफ्नो छोरासँग भन्छु, ‘आजको मेरो यो अवस्थामा म मात्र यति चाहन्छु, म यो मानसिक स्थितीलाई हडबडाहट, डर र अझ खराब स्थितीमा अझै धेरै जिउन चाहन्न। मलाई जुनसुकै अवस्थामा पनि मेरो खुट्टा चाहिन्छ, जसमा उभिएर म आफ्नो स्थितीलाई तटस्थ भएर जीउन पाउँ, म उभिन चाहन्छुँ।’

मेरो यस्तो इच्छा थियो, मेरो यस्तो उद्देश्य थियो।….

केहि हप्तापछि म अस्पतालमा भर्ना भए, असाध्यै पीडा भइरहेको थियो, यो त थाहा थियो दुख्छ तर यस्तो दुखाई…. अब दुखाईको वेग महशुस हुन थालेको छ।

केहि कुराले पनि काम गरिरहेको छैन, न कुनै सान्त्वना, न कुनै आश्वासन। पुरै संसारभरीको यो पीडा यहि एक पलमा सिमित भएको थिया। पीडा– भगवानभन्दा पनि ठूलो र विशाल महशुस भयो।

म जुन अस्पतालमा भर्ना भएको छुँ, त्यसमा कौशी पनि छ, बाहिरको दृश्य पनि देखिन्छ। कोमा वार्ड ठीक मेरो माथि छ। सडकको एकापट्टि म भर्ना भएको अस्पताल छ, अर्को तर्फ लड्स स्टेडियम, विवियन रिचर्डस्को मुस्कुराएको पोस्टर छ। मेरो बालापनको सपनाको तिर्थ, मक्का।

जसलाई देखेर पहिलो नजरमा मलाई केहि पनि अनुभूति भएन, मानौ त्यो संसार कहिले मेरो नै थिएन।

म पीडाको कब्जामा छु।

अनि एक दिन मलाई महशुस भयो, जस्तै म कुनै यस्ता कुराहरुको हिस्सा नै हैन, जो निश्चित हुने दावि गर्छन्। न अस्पताल न स्टेडियम। म भित्र जे बाँकि थियो, यो वास्तवमा अस्तित्वको असिम शक्ति र बुद्धिको प्रभाव थियो र मेरो अस्पातल त्यहाँ हुनुपर्ने थियो। मनले भन्यो, मात्र अनिश्चतता नै निश्चित छ।

यो वास्तविकताले मलाई समर्पण र भरोसाको लागि तयार बनायो। अब नतिजा जे सुकै होस्, यसले मलाई जहाँसुकै पु¥याओस्, आज भन्दा ८ महिना पछि, आज भन्दा ४ महिना पछि अथवा दुई वर्षसम्म। चिन्ता किनारा लागेँ र बिलाए र मेरो दिमागबाट जीउने मर्ने हिसाब नै निस्किएर गयो।

पहिलो पटक मलाई ‘स्वतन्त्रता’ शब्दको वास्तविक अर्थ थाहा भएको छ, एउटा उपलब्धिको अर्थ महशुस भएको छ।
यो संसारको रीतमा मेरो विश्वास नै पूण सत्य बनेको थियो। त्यसपछि लाग्यो त्यो विश्वास मेरो एक कोशिकामा प्रवेश ग¥यो। अब समयले नै बताउछ की त्यो त्यहि बस्छ अथवा बस्दैन। अहिले म यहि महशूस गरिरहेको छु।

यो यात्रामा संसार भरीकै मानिस, मेरो सुस्वास्थ्यको कामना गर्ने शुभचिन्तक, जो अहिले पनि प्राथना गरिरहेका छन्। म जसलाई चिन्छु र जसलाई म चिन्दिन, उहाँहरु सबै फरक फरक ठाउँ र समयमा मेरो लागि प्राथना गरिरहेका छन् । मलाई लाग्छ कि उहाँहरुको प्राथना एक ठाउँमा आएको छ, एउटा ठूलो शक्ति बनेर। तिब्र जीवन वेग बनेर मेरो मेरुदण्डबाट म भित्र प्रवेश गरेर मेरो शीरमा पुगेर कपालको माध्यमबाट अंकुरित भइरहेको छ।

अंकुरित भएर कहिले यी बाक्ला हुन्छन्, कहिले पातलिन्छन्, कहिले सानैमा टुक्रिन्छन् त लामा हाँगा हाल्छन्। म खुसी भएर यिनीहरुलाई हेर्ने गर्छु। मानिसहरुको सामुहिक प्रार्थनाले उब्जिएको हरेक डाली, हरेक पात, हरेक फुलमा मैले एक नयाँ संसार देख्छु। महशुस हुन्छ कि यो जरुरी छैन, छालमा उत्रिएको बिर्कोको छालमाथि नियन्त्रण हुनैपर्छ। यो त प्रकृतिको काँखमा कोक्रोमा झुलिरहेको जस्तो हो।

(अभिनेता इरफान खान बिरामी छन्, उनी लण्डनको एउटा अस्पतालमा उपचाररत छन्। यो चिठी उनले लण्डनबाट पत्रकार अजय ब्रम्हात्मजलाई पठाएका थिए।)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Thapachhabiraj Thapa

    Get well soon

    Comment Author

    Karisma Gurung

    Get well soon sir

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?