कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : मुख्यमन्त्री शर्मा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ८, २०७९
|
|
४० पटक हेरिएको
Shares
कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : मुख्यमन्त्री शर्मा

सारांश

  • कर्णाली ।
  • कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति बनेको बताएका छन् ।
  • नेपाल कानून समाजद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सङ्घ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको वर्तमान अवस्था र भावी रणनीति’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले राजनीतिक अस्थिरताका कारण कानून कार्यान्वयन बाधक बन्दा वित्तीय सङ्घीयता सही ठाउँमा लागू नभएको बताए ।

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति बनेको बताएका छन् ।

नेपाल कानून समाजद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सङ्घ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको वर्तमान अवस्था र भावी रणनीति’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले राजनीतिक अस्थिरताका कारण कानून कार्यान्वयन बाधक बन्दा वित्तीय सङ्घीयता सही ठाउँमा लागू नभएको बताए । मुख्मयन्त्री शर्माले यसको प्रभावकारितामा जोड दिन सकेमात्र अपेक्षित विकास हुने जनाए ।

उनले भने, “प्रशासनिक सङ्घीयताको सही कार्यान्वयन हुन सकेको छैन । सङ्घीयता कार्यान्वयनका विषयमा प्रश्न उठ्नु स्वाभाविक छ । देखिएका ती समस्यालाई हल गर्नुपर्छ । जनता र राष्ट्रका लागि कानून कार्यान्वयन आवश्यक कुरा हो तर चुनौती धेरै छन् । यसमा सम्बन्धित सबै सरोकारवालामाझ छलफल हुनुपर्दछ ।”

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले प्रशासनिक भार नपर्ने गरी कानून निर्माण गर्नु आजको पहिलो आवश्यकता हो भने । “सेवाग्राही लाभ हुने तरिकाले कानून निर्माण हुनुपर्दछ”, मन्त्री जिसीले भने, “तीनवटै सरकारका क्षेत्राधिकार नबाझिने गरी आपसी समन्वय गरेर साझा अधिकारका कानून निर्माण कार्यलाई प्राथमिकता दिनुपर्छ ।”

उनका अनुसार प्रदेश सरकारबाट एकल अधिकारका विधेयकलाई संसद्मा लैजाने र त्यहाँबाट पारित गरेर संरचनात्मक विकास र स्थापना गर्न मन्त्रालयमार्फत अगाडि बढाउने सोच बनाइएको छ । उक्त अन्तक्र्रियात्मक कार्यक्रममा कर्णाली प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र कानून सङ्कायमा अध्ययनरत विद्यार्थीको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुम्बई आक्रमणमा मुख्य योजनाकार हाफिज सईद पाकिस्तानको लाहोरबाट पक्राउ
मुम्बई आक्रमणमा मुख्य योजनाकार हाफिज सईद पाकिस्तानको लाहोरबाट पक्राउ
रुपन्देहीमा शान्तिपूर्ण रुपमा मतदान हुँदै , जिल्लाभरमा ४० प्रतिशत मत खस्यो ।
रुपन्देहीमा शान्तिपूर्ण रुपमा मतदान हुँदै , जिल्लाभरमा ४० प्रतिशत मत खस्यो ।
एएफसी-१९ मा अाज नेपाल र किर्गिजस्तान भिड्दै (टोलीको विवरणसहित)
एएफसी-१९ मा अाज नेपाल र किर्गिजस्तान भिड्दै (टोलीको विवरणसहित)
निजगढको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी
निजगढको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी
कात्तिक १० गते आइतबारको राशिफल यस्तो छ
खेलाडीलाई प्रतियोगिताको खाँचो छ: विनोद दास
खेलाडीलाई प्रतियोगिताको खाँचो छ: विनोद दास
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
Online submission of industrial details in place
Online submission of industrial details in place
नाकको हड्डी भाँच्न १ करोड !
नाकको हड्डी भाँच्न १ करोड !
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं