चट्याङ लागेर एक महिलाको मृत्यु, एक घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
चट्याङ लागेर एक महिलाको मृत्यु, एक घाइते

सारांश

  • अस्बिन खड्का, ९ असार ।
  •   सप्तरीमा  शनिबार  बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन्।
  • चट्याङ मा परी विष्णुपुर गाउँपालिका ६ की ५० वर्षीया केशरी देवी यादव को मृत्यु भएको हाे ।

अस्बिन खड्का, ९ असार ।  सप्तरीमा  शनिबार  बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन्।

चट्याङ मा परी विष्णुपुर गाउँपालिका ६ की ५० वर्षीया केशरी देवी यादव को मृत्यु भएको हाे । चट्याङ मा परी उनकी बुहारी २५ वर्षीया रिंकु यादव घाइते भएकी छिन्।

बिहान साढे ९ बजे घर नजिकैको खेतमा दाल टिप्दै गरेका दुवैलाई चट्याङ लागेको थियो। सासु केशरीदेवीको घटनास्थलमै जलेर मृत्यु भएको र बुहारी रिंकुको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?