रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०८१
|
|
२२ पटक हेरिएको
Shares
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

सारांश

  • काठमाडौं ।
  • रास्वपा सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले समय दिएको छ ।
  • कास्की जिल्ला अदालतले उनलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको स्रोतले जानकारी दियो ।

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले समय दिएको छ ।

कास्की जिल्ला अदालतले उनलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको स्रोतले जानकारी दियो । लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका थिए । यसअघि उनलाई तीनपल्ट म्याद थप गरेर प्रहरीले अनुसन्धान जारी राखेको छ ।

आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न थप १३ दिनको अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?