सार्वजनिक यातायातमा पाकेटमारी गर्ने सात पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
४३ पटक हेरिएको
Shares
सार्वजनिक यातायातमा पाकेटमारी गर्ने सात पक्राउ

सारांश

  • काठमाडौँ, २ पुस, महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ ।
  • वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा खण्डमा विगत पाँच महीनादेखि पाकेटमार तथा लुटपाट गर्ने काभ्रेका विकास श्रेष्ठ, साइला तामाङ, विवेक तामाङ, धादिङका कुमार मिजार, मकवानपुरका अञ्जन पाख्रिन, सिन्धुपाल्चोकका पूर्णबहादुर विक र सिन्धुपाल्चोककै सुकमान गदललाई पक्राउ गरेको हो ।
  • वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विगत पाँच महीनादेखि सार्वजनिक सवारीसाधनमा चढेर पाकेटमार तथा गरगहना लुट्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई आइतबार पक्राउ गरिएको जानकारी दिनुभयो ।

काठमाडौँ, २ पुस, महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ ।

वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा खण्डमा विगत पाँच महीनादेखि पाकेटमार तथा लुटपाट गर्ने काभ्रेका विकास श्रेष्ठ, साइला तामाङ, विवेक तामाङ, धादिङका कुमार मिजार, मकवानपुरका अञ्जन पाख्रिन, सिन्धुपाल्चोकका पूर्णबहादुर विक र सिन्धुपाल्चोककै सुकमान गदललाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विगत पाँच महीनादेखि सार्वजनिक सवारीसाधनमा चढेर पाकेटमार तथा गरगहना लुट्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई आइतबार पक्राउ गरिएको जानकारी दिनुभयो । “विगत लामो समयदेखि सार्वजनिक यातायातमा पाकेटमारी हुने गरेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो ।

प्रहरीले पक्राउ गरेका सात जनासँग रु ७० हजार ५०० नेपाली र भारु रु पाँच हजार ५००, विभिन्न देशका नोट ३० थान, विभिन्न कम्पनीका मोबाइल सात थान र गाँजा २०० ग्राम बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
राष्ट्रिय विभूति शंखधर साख्वा संग्राहलय स्थापना गर्ने घोषणा
राष्ट्रिय विभूति शंखधर साख्वा संग्राहलय स्थापना गर्ने घोषणा
मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु
मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु
विप्लव माओबादीले मंसीर ८ गते काठमाडौंमा विशाल शान्तिपूर्ण जनसभा गर्ने
विप्लव माओबादीले मंसीर ८ गते काठमाडौंमा विशाल शान्तिपूर्ण जनसभा गर्ने
‘मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं आउने’
‘मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं आउने’
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर
चितवन पुगेर प्रचण्डले किन भने ढिलोचाँडो प्रधानमन्त्री भएरै छाड्छु ?
चितवन पुगेर प्रचण्डले किन भने ढिलोचाँडो प्रधानमन्त्री भएरै छाड्छु ?
मोदीसहित भाजपाका नेताले ट्वीटरमा नाम फेरे, नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’
मोदीसहित भाजपाका नेताले ट्वीटरमा नाम फेरे, नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’
नवराज सिलवाल नै आइजी हुने पक्का…
नवराज सिलवाल नै आइजी हुने पक्का…