सभामुख महरा हाँसाेकाे पात्र बनेपछि…

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०७५
|
|
२९ पटक हेरिएको
Shares
सभामुख महरा हाँसाेकाे पात्र बनेपछि…

सारांश

  • काठमाडौं, ११ असार ।
  • गृहमन्त्री रामबहादुर थापा ट्राफिक जाममा परेकाे बताएपछि सभामुख कृष्णबहादुर महरा हाँसाेकाे पात्र बनेका छन ।
  • सोमबारको प्रतिनिधिसभा बैठकमा गृहलगायत मन्त्रालयका लागि विनियोजित बजेटमा छलफल चलिरहेको थियो ।

काठमाडौं, ११ असार । गृहमन्त्री रामबहादुर थापा ट्राफिक जाममा परेकाे बताएपछि सभामुख कृष्णबहादुर महरा हाँसाेकाे पात्र बनेका छन ।

सोमबारको प्रतिनिधिसभा बैठकमा गृहलगायत मन्त्रालयका लागि विनियोजित बजेटमा छलफल चलिरहेको थियो । तर गृहमन्त्री नै उपस्थित नभएको बैठकमा गृहमन्त्रालय माथि छलफलको औचित्य नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठायो ।  र साेध्याे गृहमन्त्री खाेर्इ ?

जवाफमा महराले उहाँ अाउदै हुनुहुन्छ ट्राफिक जाममा पर्नु भएकाे छ”  भनेका थिए । तर त्याे जवाफ सुन्ने बित्तिकै संसदमा हाँसाे गुन्जिएकाे थियाे ।

बहालवाला गृहमन्त्रीसँग सिंगो प्रहरी प्रशासनको कमाण्ड हुन्छ । उनी यताउता जाँदा अगुवा पछुवा हुन्छन् । उनीहरुले सुरक्षा प्रदान गर्नुका साथै बाटो अवरुद्ध भए पनि त्यसलाई पन्छाउँदै अघि बढ्छ । गृहमन्त्री आएपछि जाम भएको बाटो पनि हतार हतार खुलाइन्छ ।

तर, तिनै गृहमन्त्री ट्राफिक जाममा परेको भनियो भने हाँसोको पात्र बनिन्छ । यस्तै हाँसोको पात्र बनेका हुन सभामुख कृष्णबहादुर महरा ।

सभामुख कृष्णबहादुर महराले मन्त्री आउँदै गरेको भन्दै आसनग्रहण गर्न अनुरोध गरे तर, कांग्रेसका सांसदहरुले मानेनन् । सो क्रममा केहीबेर सभामुख र प्रतिपक्षी दलका सांसदबीच दोहोरो बहस भएको थियो । सभामुख महराले गृहमन्त्री ट्राफिक जाममा परेको र केहीबेरमै आइपुग्ने भनेपछि संसद हल हाँसोले गुन्जियो ।

तर प्रतिपक्षी दलका सांसदहरुले मन्त्रीविनाको मन्त्रालयगत बजेटमाथिको छलफलको औचित्य नहुने बताएपछि सभामुख महराले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Lokendra Khadka

    yasto mantri des ma vaye kanoon kasto hola…..kasle banai diyo yasto lai mantri griha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?