श्रीदेवीको अन्तिम फिल्मम ‘मम्’ चीनमा देखाइने
सारांश
- एजेन्सी / बलिउड अभिनेत्री श्रीदेवीको अन्तिम फिल्म चीनमा देखाइने भएको छ ।
- २०१९ मे १० मा मदर्स डेको अवसर पारेर बलिउड अभिनेत्री श्रीदेवीको अन्तिम फिल्म मम् (आमा) चीनमा देखाइने भएको हो।
- श्रीदेवीको २०१८ फ्रेबुअरीमा निधन भएको थियो।
एजेन्सी / बलिउड अभिनेत्री श्रीदेवीको अन्तिम फिल्म चीनमा देखाइने भएको छ । २०१९ मे १० मा मदर्स डेको अवसर पारेर बलिउड अभिनेत्री श्रीदेवीको अन्तिम फिल्म मम् (आमा) चीनमा देखाइने भएको हो।
श्रीदेवीको २०१८ फ्रेबुअरीमा निधन भएको थियो। फिल्मबाट श्रीदेवीले निकै प्रशंसा सहित राष्ट्रिय अवार्डसमेत जितेकी थिइन् । जी स्टुडियोकी प्रमुख विभा चोपडाका अनुसार सबै स्वर्गीय आमाहरुलाई श्रद्धाञ्जलि दिने उद्देश्यले फिल्म मम चीनमा प्रदर्शन गर्न लागिएको हो ।
उक्त फिल्ममा श्रीदेवी शिक्षिकाको भूमिकामा छिन्। फिल्ममा श्रीदेवीसँगै नवाजुद्दिन सिद्दिकी, अक्षय खन्ना, अदनान सिद्दि पनि छन्। यसअघि यो फिल्म पोल्यान्ड, रुस, बेलायत, अमेरिकामा, सिंगापुर, चेक रिपब्लिकामा रिलिज भइसकेको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया