बिकाशको लागि बाम गठबन्धनको जित आबस्यक-राजन भट्टराई
सारांश
- उत्तम अधिकारी, काठमाडौं, काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत चाबहिलको गोपीकृष्ण नगरका मतदातासंग डा.
- राजन भट्टराई र निर्मल कुइँकेलले सामुहिक भेटघाट तथा छलफल गरेका छन् ।
- क्षेत्र नम्बर ४ का बाम गठबन्धनका प्रतिनिधि सभा र प्रदेस सभा १ का उम्मेदवार द्वयले सोमबार बिहान गोपीकृष्ण नगरको फुट्सलमा आयोजित एक कार्यक्रममा स्थानीय मतदाताहरुसंग साक्षात्कार गरेका हुन् ।
उत्तम अधिकारी, काठमाडौं,
काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत चाबहिलको गोपीकृष्ण नगरका मतदातासंग डा. राजन भट्टराई र निर्मल कुइँकेलले सामुहिक भेटघाट तथा छलफल गरेका छन् ।
क्षेत्र नम्बर ४ का बाम गठबन्धनका प्रतिनिधि सभा र प्रदेस सभा १ का उम्मेदवार द्वयले सोमबार बिहान गोपीकृष्ण नगरको फुट्सलमा आयोजित एक कार्यक्रममा स्थानीय मतदाताहरुसंग साक्षात्कार गरेका हुन् । चिसो मौसममा एकाबिहानै उम्मेदवारहरुसंग भेटघाट गर्न जम्मा भएका मतदाताहरुलाई उम्मेदवारद्वयले आफ्नो मतको दुरुपयोग हुनबाट रोक्नको लागि उचित प्रतिनिधि चयन गर्न अनुरोध गरे । निर्वाचित भएर गएपछि टोल,गाउँमा मतदाता भेट्नै नआउने, आफैंले जिताएर पठाएको प्रतिनिधिलाई भेट्न पनि जनताले अर्को निर्वाचन कुर्नुपर्ने, आफ्नो क्षेत्रको मतदाताको दैनिक जीवनस्तरको अवस्था, बाटोघाटो, खानेपानी, बिजुली र सार्वजनिक यातायात जस्ता अति महत्वका दैनिक जीवनयापनसंग सम्बन्धित बिषयमा संसदमा प्रतिनिधित्व गर्ने निर्वाचित जनप्रतिनिधि मौन रहने र मतदाताप्रति उत्तरदायी नहुने परिपाटीको अन्त्यका लागि क्षेत्र नम्बर ४ मा बाम गठबन्धनले विजय हासिल गर्नुपर्ने र यसका लागि मतदाताले बिगतलाई मूल्यांकन गर्दै सचेततापुर्वक मतदान गर्नुपर्नेमा डा. भट्टराईले जोड गरे ।
जनताले आफुलाई निर्वाचित गरेर पठाएपछि यस क्षेत्रमा केहि सुधार ल्याउन नसके, जनताको कहालीलाग्दो दैनिक जीवनयापनमा परिवर्तन ल्याउन नसके, जनता र रास्ट्रले गर्व गर्नसक्ने गरि भूमिका खेल्न नसके आफु पुनः सोहि स्थानमा पुग्नका लागि जनतासामु नआउने उल्लेख गर्दै डा. भट्टराईले भने “निर्वाचन आफुले निर्वाचित गरेर पठाएको जनप्रतिनिधिको सिंगो कार्यकालको उचित मूल्यांकन गरेर मतदाताले दण्डित वा पुरस्कृत गर्ने बिधि पनि हो” । कार्यक्रममा काठमाडौं क्षेत्र नम्वर ४ का प्रदेश १ का बाम गठबन्धन उम्मेदवार निर्मल कुइँकेलले निर्वाचित भएर गएको सिंगै कार्यकालभरि कानमा तेल हालेजसोगरी बस्ने र निर्वाचन नजिकै आएपछि बाटो पनि बनाए जस्तो गर्ने, पिच पनि गरेजस्तो गर्ने, विकास पनि गरेजस्तो गर्ने अनि भासण चै सबैथोक गरें भनेर भ्रम छर्ने ब्यथितिको अन्त्यको लागि बाम गठबन्धनलाई मतदाताले सेवकको रुपमा निर्वाचित गराउन अनुरोध गरे ।
राष्ट्रको दिर्घकालिन हीत, जनताको जीवनस्तर र दैनिकिमा सुधार, जेष्ठ नागरिकको सम्मान र सुबिधा, युवाका लागि रोजगार तथा देशको समग्र बिकासको निमित्त बाम गठबन्धनको बिकल्प नरहेकाले एक पटक बाम गठबन्धनलाइ बहुमत प्रदान गरेर परिक्षण गर्न र केहि गर्न नसके अर्को पटक बिकल्प रोज्न सुझाए । कार्यक्रममा बरिस्ठ संचारकर्मी तथा साहित्यकार तारानाथ शर्मा, कामपा ७ का वडा अध्यक्ष शुद्द कुमार डंगोल तथा निर्वाचित जनप्रतिनिधिहरु, हिमाबाला महिला समुहकी अध्यक्ष मेनुका सापकोटा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा गोपीकृष्ण हित सेवा समितिका अध्यक्ष डीबी श्रेष्ठको अध्यक्षता र स्थानीय समाजसेवी एवं एमाले नेता बाबुराम शर्मा नेपालको संचालन रहेको थियो । अध्यक्ष श्रेष्ठले देशका लागि स्थायी सरकारको अत्यन्तै जरुरि रहेको र त्यहि स्थिर सरकारका लागि यस पटक बाम गठबन्धनलाइ बिजयी गराएर देशमा चौतर्फी रुपमा देखिएको बेथितिको अन्त्य गर्न मतदाताको अहम भूमिका भएकाले त्यो भूमिका शसक्त भएर निर्वाह गर्नुपर्ने कुरा जोडतोडका साथ् उठाएका थिए ।
सो अवसरमा बाम गठबन्धनका उम्मेदवारद्वयले कार्यक्रममा उपस्थित २ दर्जन बढी जेष्ठ नागरिकहरुलाई खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रम बाम गठबन्धन निर्वाचन परिचालन, कामपा ७ गोपीकृष्ण नगरको आयोजनामा भएको हो । कार्यक्रममा स्थानीय मतदाताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
Karki Dasharath
4 barsa samma samsad bhayar kata hunuhunthyo
Hari Hancy Hero Hero
HaaaaaaaAaaaa bekasa garna temharu ko chora bam chaedin.
Amrit Rai
This man deserves to win and lead to Nepal!
Madhav Nepal
yastai wahiyat kura ko paxi lager nepali bigreka hun…vote for gagan thapa…
Prem Khadayat
t jasta gothalako kam xain
Esuroj Limbu
kasari mg
Kiran Dhojkarki
Yes vote for gagan
Hari Prasad Adhikari
यो राजन होकी भारतको केवी राजन
कुरा सुन्दात छोटा राजन जस्तो छ ।
गगनका छेऊमा यो हगन जस्तो छ ।
खै कहीले के कस्तो जनताकोकाम
गरेकोछ यो राजनले ।
Prayag Raj Ranjit
Desh Bikash yenai le garne re PAAGAL !!
Krishna Sapkota
गगन दाइ जिन्दावाद
Surya Prasad Suwal
साले मदन भण्डारीका हत्याराहरू । भित्तामा विदेशी मान्छेको फोटो झुण्डयाएर उनिहरूको पूजा गनेॅहरू आफुलाई सच्चा राष्ट्रवादी भन्छन् । लाज शरम छैन है तिमीहरूको ?
Akash Bhandari
4/4 ota bam pm huda pani sambidhan jari garna nasaknele kasari des bikas garxa ??????? Ali pattaune kura garauna ho bame ho!!!!
Dambar Chhetri
ठिक्कहो
Laxman Dc
२५बर्ष लालकिल्ला भएको जिल्ला को बिकास के कति भयो लेखाजोखा गर्ने पो होकी पार्टी र कार्यकर्ताको उहीँ ताल उहीँ मादल बरू सेकुवा कर्नरको बिकास भएको छ तितो यथार्थ महोदय।
Amar Ghotane
गरिस बिकास ?
Deepak Shakya
Dr sab tapai matra yodesh ko magarik ho? tapaile matra jitnu parne?tyo ta communism ma matra sambhav hunchha.
Dilli Raj Ojha
बिकासको लागी होइन तानाशाही ब्यबस्था ल्याउन बामगठबन्धन लाइ जिताउन आबस्यक छ
Rajib Rajib
Bhat chicknee
Bikash Gharti
2064 ko chunab maaobadi 221 ra emale 104 vayako thiyo tetibela k garis ra aba feri janatako akhama chharo halxas
Durga Khadka
बिकाश त मुखले मात्र हाे बाम हरुकाेत
Dinesh Chakradhar
vote for tree
Cekhar Neupane
यस्तो बिकासको लागि होइन त दामरेड