मुख्यसचिवमा कसले मार्ला बाजी ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
१८ पटक हेरिएको
Shares
मुख्यसचिवमा कसले मार्ला बाजी ?

सारांश

  • काठमाडौं ।
  • एक महिनापछि रिक्त हुने मुख्यसचिव पदका लागि दुई सचिवबीच शक्तिसंघर्ष चर्किएको छ ।
  • २०७४ कात्तिक ८ गते मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री अवकाश हुँदैछन् ।

काठमाडौं । एक महिनापछि रिक्त हुने मुख्यसचिव पदका लागि दुई सचिवबीच शक्तिसंघर्ष चर्किएको छ । २०७४ कात्तिक ८ गते मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री अवकाश हुँदैछन् । रिक्त हुने मुख्यसचिवमा एकै दिन सचिव बढुवा भएका गृहमन्त्रालयका लोकदर्शन रेग्मी र प्रधानमन्त्री कार्यालयका शंकर अधिकारीबीच शक्तिसंघर्ष चर्किएको छ । कसैको फोन पनि नउठाउने, कसैलाई रेस्पोन्स नगर्ने सचिव रेग्मीले प्रधानमन्त्री पत्नी आरजु देउवालाई महादेवको रुपमा ठानेर मुख्यसचिव हुने योजनामा छन् । आरजुको आशीर्वाद भएपछि उनले अरु कसैलाई पनि महत्व दिन छाडेका छन् । शाखा अधिकृत सरुवामा पनि हस्तक्षेप गर्दैआएकी आरजुकै आशीर्वादमा रेग्मी मुख्यसचिव हुने कुरामा ढुक्क छन् ।

तीन दिनमा पर्यटन मन्त्रालय, निर्वाचन आयोग हुँदै प्रधानमन्त्री कार्यालयमा सरुवा भएका शंकर अधिकारीको नाम सुरुमा पाँचौं नम्बरमा थियो । तर अहिले उनको नाम सचिवको सूचीमा मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीपछि छ । उनी अहिलेका एक नम्बर सिनियर सचिव हुन् । उनको नाम पाँचौंबाट दोस्रो नम्बरमा राखिनु निकै चासोको बिषय बनेको छ । निजामती प्रशासनमा रेग्मी जस्ता घमण्डीलाई भन्दा अधिकारी जस्ता शालिन र कर्मचारीको पहुँचमा रहेका सचिव अधिकारीलाई मुख्यसचिव बनाउने पक्षमा छन् । कांग्रेसकै नेताहरु पनि आरजुको आदेशपालक भन्दा निष्पक्ष भूमिका खेल्ने अधिकारीलाई मुख्यसचिव बनाउनुपर्ने पक्षमा छन् ।

आइजीपी नियुक्तिमा आरजुको आदेश तामेली गरेका कारण मुख्यसचिव हुने दाउमा रहेका रेग्मीलाई अधिकारीले टक्कर दिन थालेका छन् । अधिकारी कांग्रेस पृष्ठभूमिका र एमाले माओवादी शासनमा खेदाईमा परेका सचिव हुन् । तर रेग्मी अवसरवादी सचिवका रुपमा चिनिएका हुन् । उनी एमाले सरकारमा अर्थमन्त्रालयको सचिव भए । त्यसअघि भूमिसुधार सचिव थिए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Shyam Krishna Amatya

    Jasle dherai najrana pesh garna ready hune lai ta hola ni

    Comment Author

    Katin Bro

    asma neta ko najik jo xa tesaile pauxa l

    Comment Author

    Arjun Basnet

    jasle.marepani.yo.deshma.kehi.hunewala.chhaina.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?