यौन चाहना कसमा बढि हुन्छ ? केटा वा केटी ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २४, २०७६
|
|
४० पटक हेरिएको
Shares
यौन चाहना कसमा बढि हुन्छ ? केटा वा केटी ?

सारांश

  • किशोरावस्थामा पुगेपछि जो सुकैमा यौन इच्छा जागृत हुन थाल्छ ।
  • उचित समय, परिस्थिति र व्यक्तिको उपस्थितिमा यो इच्छा यौन सम्पर्कमा परिणत हुन सक्छ ।
  • तर यौन सम्पर्कको चाहनाका बारेमा समाजमा विभिन्न किसिमका धारणाहरु विद्यमान छन् ।

किशोरावस्थामा पुगेपछि जो सुकैमा यौन इच्छा जागृत हुन थाल्छ । उचित समय, परिस्थिति र व्यक्तिको उपस्थितिमा यो इच्छा यौन सम्पर्कमा परिणत हुन सक्छ । तर यौन सम्पर्कको चाहनाका बारेमा समाजमा विभिन्न किसिमका धारणाहरु विद्यमान छन् । अहिलेसम्मको खोजहरुको निष्कर्षमा के भनिएको छ भने पुरुषहरुको यौन इच्छा स्थिर रहन्छ । तर महिलाको यौन इच्छा भने उसको महिनावारिको समयअनुसार फरक फरक हुन्छ ।

अनुसन्धानहरुबाट के पत्ता लागेको छ भने महिलाको महिनावारि भएको पहिलो र तेस्रो हप्ता यौन उत्तेजनाको दृष्टिकोणबाट सहज अवस्था हो भने बाँकी हप्ता भने उसको लागि यौन उत्तेजना उत्पन्न गराउन केही असहज समय भनेर मानिन्छ । यसको कारक तत्व भने राग रसहरुको उत्पादन र त्यसको प्रभाव नै मानिएको छ ।

केही केटीहरुमा किशोरावस्थाको पूर्वावस्था (१०–१४ वर्ष) मा यौन चाहना सुषुप्त रुपमा रहन्छ । मध्य किशोरावस्थामा (१५–१७ वर्ष) यौन चाहना पूर्णरुपमा सक्रिय रहन्छ ।

तर यही उमेरका केटीहरु भने किशोरहरुको तुलनामा केही बढी भावुक हुने, यौन चाहनातिर भन्दा बढी सम्बन्ध विस्तारतिर ध्यान दिने भएकोले समाजमा केटाभन्दा केटीको यौन चाहना बढी हुन्छ भन्ने धारणा फैलिएको हो ।

हाम्रो समाजमा यस अवस्थाका केटीहरु आफनो चाहना पूर्णरुपमा बाहिर ल्याउन सक्तैनन् । उनीहरु आफनो चाहनालाई दबाएर राख्छन् र प्रत्यक्षरुपमा आफ्नो इच्छालाई अगाडि आउन दिँदैनन् ।

१५ देखि १७ वर्षका किशोरावस्थाका केटीहरु श्रृङ्गार सामाग्रीको प्रयोग गर्ने, समूहमा आफूलाई सबैभन्दा राम्रो देखाउने, सफासुग्घरमा बढी ध्यान दिने जस्ता क्रियाकलापहरु गर्ने गर्दछन् ।

समय परिस्थिति र आफु बस्ने समाजको मूल्यमान्यता, रहनसहन अनुसार व्यक्तिहरुमा यौन चाहना फरक फरक हुन्छ । त्यसैले केटा वा केटीमध्ये कसलाई बढी यौन चाहना हुन्छ भन्न गाह्रो छ

(wbctx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमानले अर्को विवाह गर्न नमान्दा श्रीमतिले गरीन अात्महत्या
श्रीमानले अर्को विवाह गर्न नमान्दा श्रीमतिले गरीन अात्महत्या
भूपरिवेष्टित देशलाई लगानी र प्रविधि हस्तान्तरण आवश्यक छ : परराष्ट्रमन्त्री
भूपरिवेष्टित देशलाई लगानी र प्रविधि हस्तान्तरण आवश्यक छ : परराष्ट्रमन्त्री
३३ किलाे सुन प्रकरण: गोरे को बयान आगामी आइतबार पनि जारी रहने ।
३३ किलाे सुन प्रकरण: गोरे को बयान आगामी आइतबार पनि जारी रहने ।
मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने
मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने
अब कुनै पनि कर्मचारीले लोक सेवाका तयारी कक्षा पढाउन निषेध
अब कुनै पनि कर्मचारीले लोक सेवाका तयारी कक्षा पढाउन निषेध
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
महानगरलाई गुट्खामुक्त पार्न दबाब, नगरपालिका अगाडि प्लेकार्डसहित प्रदर्शन
महानगरलाई गुट्खामुक्त पार्न दबाब, नगरपालिका अगाडि प्लेकार्डसहित प्रदर्शन
हेटौँडालाई प्रदेश राजधानी बनाउन माग
हेटौँडालाई प्रदेश राजधानी बनाउन माग
दुर्गा प्रसाईंको अराजकतामा एमाले र माओवादीको पनि हिस्सेदारी छ : नैनसिंह महर
दुर्गा प्रसाईंको अराजकतामा एमाले र माओवादीको पनि हिस्सेदारी छ : नैनसिंह महर
लोकमानमाथिको आरोप पुष्टि गर्दै संसदीय समिति
लोकमानमाथिको आरोप पुष्टि गर्दै संसदीय समिति