सरकार निरंकुशतातर्फ उन्मुख भन्दै शान्ति समाजले गर्यो डा. केसी पक्राउको निन्दा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
सरकार निरंकुशतातर्फ उन्मुख भन्दै शान्ति समाजले गर्यो डा. केसी पक्राउको निन्दा

सारांश

  • काठमाडौं, १७ असार ।
  • मानवअधिकार तथा शान्ति समाजले सरकारका पछिल्ला निर्णय निरंकुशतातर्फ उन्मुख भएको बताएको छ ।
  • समाजका सभापति डा.

काठमाडौं, १७ असार । मानवअधिकार तथा शान्ति समाजले सरकारका पछिल्ला निर्णय निरंकुशतातर्फ उन्मुख भएको बताएको छ । समाजका सभापति डा. गंगाधर अधिकारीले प्रेस विज्ञप्ति जारी गरी डा. गोविन्द केसी पक्राउको कडा शव्दमा निन्दा गरेका छन् ।

“नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले अवलम्बन गर्न थालेको कतिपय नीतिहरु र प्रदर्शन गर्न थालेको स्वतन्त्रता विरोधी आचरणप्रति मानव अधिकार तथा शान्ति समाज निन्दा गर्दछ”, सभापति अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्वक भेला हुन पाउने स्वतन्त्रता र सद्भावपूर्ण विचार अभिव्यक्तिको स्वतन्त्रता लगायतका संवैधानिक अधिकारका विरुद्ध पछिल्लो समय गरेका केही सरकारी निर्णयहरु आपत्तिजनक छन् ।” विज्ञप्तिमा २०७५ साउन १ गतेदेखि लागू हुनेगरी सरकारले तोकिएको प्रदर्शनस्थलबाहेक अन्यत्र धर्ना र प्रदर्शन गर्न बन्देज गरी शान्तिपूर्वक भेला हुन पाउने नागरिकको मौलिक हकप्रति अनुदार बन्दै गएकोप्रति शान्ति समाज गम्भीर चासो व्यक्त गर्दछ भनिएको छ ।

सार्वजनिक स्थलहरुलाई निषेधित क्षेत्र घोषणा गरेर नागरिक अधिकार कुण्ठित पार्ने सरकारको निर्णय निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ । “सदैव लोकतान्त्रिक मूल्य, कानुनी शासन र नागरिक स्वतन्त्रताप्रति गम्भीर र प्रतिबद्ध बन्न सरकारलाई शान्ति समाज आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य क्षेत्र सुधार लगायतका माग राखी पटकपटक अनसन बस्दै आएका सत्याग्रही डा. गोविन्द केसी १५ औँ पटक अनसनका क्रममा जुम्ला पुग्दा असार १६ गते दिउँसो बाटोबाटै प्रहरीले पक्राउ गरेको घटनाप्रति पनि मानव अधिकार तथा शान्ति समाज निन्दा गरेको छ । “एक सत्याग्रहीलाई निर्मम तवरले नियन्त्रण गरिनुलाई शान्ति समाजले क्रुरता ठानेको छ । न्यायको पक्षमा आवाज उठाउने सत्याग्रहीप्रति शान्ति समाजले सद्भाव र ऐक्यवद्धता व्यक्त गर्दै डा. केसीको शीघ्र रिहाइको माग पनि गरेको छ ।

“सरकारका पछिल्ला निर्णय एवं नीतिहरु निरंकुशतातर्फ उन्मुख एवं हिंसा र विष्फोटन गर्नेहरुप्रति नरम, अहिंसा र सत्याग्रहीप्रति क्रुर हुँदै गएको अवस्थाप्रति शान्ति समाज घोर निन्दा गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    ला किन पक्राउ गरे होला डाक्टर अनसन लाई ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?