पुलको शिलान्यास गरेर फर्किएका मन्त्री महासेठको गाडी खोलामा डुब्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २७, २०७६
|
|
३८ पटक हेरिएको
Shares
पुलको शिलान्यास गरेर फर्किएका मन्त्री महासेठको गाडी खोलामा डुब्यो

सारांश

  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको छ ।
  • सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार गाडी खोलामा डुबेको हो ।
  • पुलको शिलान्यास गरेर फर्केको मन्त्रीको गाडी खोलामा पुल नभएकैले फसेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको छ । सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार गाडी खोलामा डुबेको हो । पुलको शिलान्यास गरेर फर्केको मन्त्रीको गाडी खोलामा पुल नभएकैले फसेको हो । बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबे पनि सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई बाहिर निकालिएको थियो । खोला तर्ने क्रममा गाडी डुबे पनि मन्त्री भने सकुशल रहनु भएको छ । त्यस्तै खोलामा डुबेको सवारी साधन क्रेनको सहयोगमा बाहिर निकालिएको छ ।

खोला बढेसँगै बिग्रिएको बाटोलाई मर्मत गरिएको थियो तर मन्त्रीका सवारी चालकलाई ग्रामीण सडकको बारेमा राम्रो जानकारी नहुँदा दुर्घटना हुन पुगेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘विप्लव’ समूहको बन्द, देशका विभिन्न स्थानमा बम विस्फोट र आगजनी
‘विप्लव’ समूहको बन्द, देशका विभिन्न स्थानमा बम विस्फोट र आगजनी
विप्लवलाई दिए पत्रकारका पाँच नेताले मुखभरिको जवाफ
विप्लवलाई दिए पत्रकारका पाँच नेताले मुखभरिको जवाफ
प्रदेश नं १ मा डिसहोमको माग बढ्यो, सिमटिभीको पर्खाइमा उपभोक्ता
प्रदेश नं १ मा डिसहोमको माग बढ्यो, सिमटिभीको पर्खाइमा उपभोक्ता
मोदी-ओलीले उद्घाटन गरेको जनकपुर‌-अयोध्या बस सेवा किन बन्द भयो ?
मोदी-ओलीले उद्घाटन गरेको जनकपुर‌-अयोध्या बस सेवा किन बन्द भयो ?
मुलुकी संहिताको विपक्षमा नेपालका प्रमुख मिडियाका सम्पादकहरु
मुलुकी संहिताको विपक्षमा नेपालका प्रमुख मिडियाका सम्पादकहरु
नेकपाका प्रवक्तालाइ कांग्रेस नेताको उद्योगमा आगजनी गरेको मुद्दा
नेकपाका प्रवक्तालाइ कांग्रेस नेताको उद्योगमा आगजनी गरेको मुद्दा
पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण
पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन
एयरपोर्टमा रजनीकांतकी छोरी र ज्वाईको पार्सपोट र पैसा चोरी
एयरपोर्टमा रजनीकांतकी छोरी र ज्वाईको पार्सपोट र पैसा चोरी
साउन १६ गते विहिबारको राशिफल