सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता

सारांश

  • काठमाडौं, १९ असार ।
  • एक महिनादेखि आमरण अनसनरत सत्याग्रही गंगामाया अधिकारीको खस्किदो स्वास्थ्य अवस्थाप्रति मानव अधिकार तथा शान्ति समाजले चिन्ता व्यक्त गरेको छ ।
  • शान्ति समाजका सभापति डा.

काठमाडौं, १९ असार । एक महिनादेखि आमरण अनसनरत सत्याग्रही गंगामाया अधिकारीको खस्किदो स्वास्थ्य अवस्थाप्रति मानव अधिकार तथा शान्ति समाजले चिन्ता व्यक्त गरेको छ ।

शान्ति समाजका सभापति डा.गंगाधर अधिकारीको नेतृत्वमा महासचिव उत्तम पुडासैनी, काठमाडौं जिल्ला सभापति रामकृष्ण बराल, विभागीय संयोजक बाबुराम न्यौपाने तथा शान्ति समाजका सदस्य सूर्य केसी सम्मिलित प्रतिनिधि मण्डलले मंगलवार अपरान्ह गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुग्दा उहाँको स्वास्थ्यस्थिति गम्भीर हुँदै गएको पाइएको समाजका तर्फबाट कार्यक्रम अधिकृत सरिता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समाजको टोली गंगामाया अधिकारीलाई भेट्न जाँदा स्वास्थ्य अवस्था गम्भीर हुँदै गइरहेकाले उनीसँगको भेटघाटमा बन्देज लगाइएको जानकारी दिइएको विज्ञप्तिमा उल्लेख छ ।

अनसनरत गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो । हत्यामा संलग्नहरुलाई कारबाहीको माग गर्दै एक महिनादेखि सत्याग्रही अधिकारी आमरण अनसनमा बसेकी छिन् ।

अदालतको आदेशको पालनामा सरकारले देखाएको उदासीनता निन्दनीय छ भन्दै समाजले सत्याग्रहीप्रति सरकारी उपेक्षा दुर्भाग्यपूर्ण भएको बताएको छ । “सदैव लोकतान्त्रिक मूल्य, कानुनी शासन र व्यक्तिका स्वतन्त्रताहरुप्रति गम्भीर र प्रतिवद्ध बन्न सरकारलाई शान्ति समाजले आग्रह पनि गरेको छ । सत्याग्रही गंगामाया अधिकारीको खस्कँदो स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्दै उनको जीवन रक्षाका लागि सम्बेदनशील बन्न मानब अधिकार तथा शान्ति समाजले सरकारसँग जोडदार आग्रह गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bindu Kc

    क्ग्ग्ख्म्ज्ज्य्रीयितह्जयद्ज्ज्क्तर्य्रय्र्क्य्हग्ग्गम्ह्त्ग्तएज्क्गउद्रेह्र्जह्क्ज
    ्ह्ह्य्ह्ज्ध्त्ग्त्त्द्क्क्तिह्ग्ग्ग्द्द्जि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?