युएस बंगला एयरलाइन्स दुर्घटना: परिवारले क्षतिपूर्ति पाउन थाले
सारांश
- काठमाडौं, २७ साउन ।
- युएस बंगला एयरलाइन्स दुर्घटनामा परी जीवन गुमाएका परिवारले करिव ४ महिनापछि क्षतिपूर्ति पाउन थालेका छन्।
- गत वर्ष फागुन २८ गते बंगलादेशबाट उढेको उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो।
काठमाडौं, २७ साउन । युएस बंगला एयरलाइन्स दुर्घटनामा परी जीवन गुमाएका परिवारले करिव ४ महिनापछि क्षतिपूर्ति पाउन थालेका छन्। गत वर्ष फागुन २८ गते बंगलादेशबाट उढेको उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो।एयरलाइन्सको बीमा एजेन्सीले सोमबार सात जना मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप प्रत्येक परिवारलाई ५० हजार अमेरिकी डलर ( ५५ लाख नेपाली रुपैयाँ) का दरले प्रदान गरेको छ।
एयरलाइन्सको बीमा एजेन्सी सेना कल्यान इन्सुरेन्स कम्पनी लिमिटेडले ढाकामा एक कार्यक्रमको आयोजना गरी ५० हजार अमेरिकी डलरको चेक प्रत्येक पीडितलाई प्रदान गरेको हो। बाँकी पीडितले पनि छिट्टै क्षतिपूर्ति रकम प्रदान गर्ने दावी उक्त कम्पनीले गरेको छ। कम्पनीका बिग्रेडियर जर्नरल साफिका मुख्य कार्यकारी अधिकृत सामिम एवं बीमा विकास तथा नियामक प्राधिकरण (आइडीआरए)का अध्यक्ष शफिकुर रहमान पटवारी र बंगालदेश बीमा एसोसिएसनका अध्यक्ष शेख कबीर हुसैनको उपस्थितमा उक्त रकम प्रदान गरिएको हो।
उनीहरुका अनुसार सामानका आधारमा उक्त रकममा तलमाथि हुने छ।बिमान दुर्घटनामा घाइते भएकाहरुलाई सहयोग गर्ने निर्णय गरेको तर के कति भन्नेबारे निश्चित भइनसकेको ती अधिकारीहरुको भनाई छ। ७१ जना यात्रु सवार उक्त विमान दुर्घटनामा ५० जनाको ज्यान गएको थियो। त्यसमा २७ जना बंगालादेशी र बाँकी २२ जना नेपाली नागरिकको मृत्यु भएको थियो।
प्रतिक्रिया