बालिका बीमा कार्यविधि पारित

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
बालिका बीमा कार्यविधि पारित

सारांश

  • बुटवल, १३ भदौ ।
  • रुपन्देहीको गैडहवा गाउँपालिकामा बालविवाह अन्त्यका लागि बालिका बीमा कार्यक्रम शुरु हुन लागेको छ ।
  • गाउँपालिकाको कार्यपालिका बोर्डले बालिकाको बीमा गर्न कार्यविधि पारित गरेपछि बीमा कार्यक्रम लागू गर्न लागिएको हो ।

बुटवल, १३ भदौ । रुपन्देहीको गैडहवा गाउँपालिकामा बालविवाह अन्त्यका लागि बालिका बीमा कार्यक्रम शुरु हुन लागेको छ । गाउँपालिकाको कार्यपालिका बोर्डले बालिकाको बीमा गर्न कार्यविधि पारित गरेपछि बीमा कार्यक्रम लागू गर्न लागिएको हो ।बीमा गर्न बाल संरक्षण कोषमार्फत एक बालिकाको लागि गाउँपालिकाले रु २० हजार तथा अभिभावकले रु पाँच हजार शुल्क बुझाउनु पर्ने गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताउनुभयो ।

सो रकम बीस वर्षपछि मात्र बैङ्कबाट झिक्न मिल्नेछ । गाउँपालिकाका सबै वडामा बालिका जन्मने वित्तिकै बैङ्क खाता खोलिनेछ । “ बालिकालाई अध्ययन गर्न यस कार्यक्रमबाट मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो ।चालू आवको साउनमा जन्मिएका बालिकाको बीमा गरिनेछ । कार्यक्रमबाट भ्रुण हत्यामा कमी आउने उहाँको भनाइ छ । बीमा गर्न बच्चा अस्पताल वा प्रसुती गृहमा जन्मिएको हुनुपर्ने, जन्मदर्ता गराउनुपर्ने र वडाको सिफारिस अनिवार्य चाहिन्छ । उक्त गाउँपालिकामा बस्दै आएका यादव, केवट, कुर्मी र लोध कोहार समुदायमा बाल विवाहको प्रचलन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई अझै थप पाँच दिन हिरासतमा राख्न अनुमति
जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई अझै थप पाँच दिन हिरासतमा राख्न अनुमति
परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव
परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव
जेलमै दुई कैदीबीच बिबाह
जेलमै दुई कैदीबीच बिबाह
उच्च अदालतद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी
उच्च अदालतद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी
ठुला सवारी साधनमा ७ प्रतिशत सडक दस्तुर लाग्ने
ठुला सवारी साधनमा ७ प्रतिशत सडक दस्तुर लाग्ने
The Advantages to Being a Net Bride
बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेको छ : अर्थमन्त्री डा महत
बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेको छ : अर्थमन्त्री डा महत
हिरासतमुक्त भएपछि प्रदीपले भने, निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे
हिरासतमुक्त भएपछि प्रदीपले भने, निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे
बहस : प्रदेश ३ को राजधानी कहाँ ?
बहस : प्रदेश ३ को राजधानी कहाँ ?
दिल्लीबाटै प्रम ओलीले भने ‘प्रचण्ड र म बीच सुमधुर सम्बन्ध छ’
दिल्लीबाटै प्रम ओलीले भने ‘प्रचण्ड र म बीच सुमधुर सम्बन्ध छ’

तपाईंले छुटाउनुभयो कि?