एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ८, २०७८
|
|
३१ पटक हेरिएको
Shares
एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने

सारांश

  • अमेरिकी सहायता परियोजना एमसीसी टेलब गरेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
  • बैठकमा अर्थ मन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सम्झौता पेस गर्नुभयो ।
  • प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का सांसदको विरोध तथा सत्ता साझेदार नेकपा  (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), का सांसद्को असहमतिका बीच सरकारका तर्फबाट सदनमा यो सम्झौता पेस भएको हो ।

अमेरिकी सहायता परियोजना एमसीसी टेलब गरेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

बैठकमा अर्थ मन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सम्झौता पेस गर्नुभयो । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का सांसदको विरोध तथा सत्ता साझेदार नेकपा  (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), का सांसद्को असहमतिका बीच सरकारका तर्फबाट सदनमा यो सम्झौता पेस भएको हो ।

सम्झौता संसदमा पेस गर्दै सञ्चारमन्त्री कार्कीले एमसीसीको कार्यान्वयनपछि नेपालमा चार सय केभी क्षमताको तीन सय किलोमिटर लामो प्रसारण लाइन बन्ने र विद्युत् सेवाको विस्तार र अन्तर्राष्ट्रिय बजार पाउने बताउनुभयो । यस्तै नमुनाको रूपमा गुणस्तरीय सडक पनि निर्माण हुने उहाँको भनाइ छ । सम्झौता कार्यान्वयनपछि झन्डै ५० लाख जना नेपाली लाभान्वित हुने पनि मन्त्री कार्कीको दाबी छ ।

यसैबीच संसद्को अर्को बैठक फागुन १२ गते बस्ने सभामुख अग्नि सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?