सशस्त्र प्रहरीका डिआइजी गोप्यरुपमा भारतीय दुतावास गएपछि कारवाहीको तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ९, २०७६
|
|
४९ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीका डिआइजी गोप्यरुपमा भारतीय दुतावास गएपछि कारवाहीको तयारी

सारांश

  • कूटनीतिक आचारसंहिताविपरीत गोप्य रुपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठमाथि गृह मन्त्रालयले छानविन थालेको छ।
  • डिआइजी श्रेष्ठ गत ६ मंसिरको दिउँसो बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर लैनचौरस्थित भारतीय दूतावास गएका पुगेका थिए।
  • पौने ३ बजे दूताबास छिरेका उनी ४ बजे निस्किएको खबर गृहमन्त्रालय स्रोतलाई उद्धृत गर्दै आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

कूटनीतिक आचारसंहिताविपरीत गोप्य रुपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठमाथि गृह मन्त्रालयले छानविन थालेको छ।

डिआइजी श्रेष्ठ गत ६ मंसिरको दिउँसो बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर लैनचौरस्थित भारतीय दूतावास गएका पुगेका थिए।

पौने ३ बजे दूताबास छिरेका उनी ४ बजे निस्किएको खबर गृहमन्त्रालय स्रोतलाई उद्धृत गर्दै आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

यस विषयमा आइतबार गृह मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको छ । सचिव प्रेमकुमार राईले डिआइजी श्रेष्ठमाथि छानबिन सुरु भएको पुष्टि गरे । स्रोतका अनुसार उनलाई स्पष्टीकरण सोध्ने तयारी भएको छ।

डिआइजी श्रेष्ठले भने अनुमति लिएरै तालिमका विषयमा छलफल गर्न दूतावास गएको बताए । ‘तालिमका लागि हामी भारत गएका थियौँ, फर्किएपछि त्यही विषयमा छलफल गर्न दूतावास गएको हुँ, अरू केही होइन,’ उनले भने । उनी सशस्त्रको कमान्ड एन्ड स्टाफ कलेजमा कार्यरत छन्।

कुनै पनि सरकारी कर्मचारीले विदेशीसँग भेट्न अनुमति लिनुपर्छ । सुरक्षा निकायको उच्च पदमा रहेका व्यक्ति त्यसरी दूतावास जानुलाई गम्भीरताका साथ लिइएको गृहका एक अधिकारीले बताए ।

परराष्ट्र मन्त्रालयले बनाएको कूटनीतिक आचारसंहिता, २०६८ मा को दफा १० (२१) मा सार्वजनिक ओहोदामा रहेको व्यक्तिले औपचारिक कार्यक्रम वा विधिगत स्वीकार गरिएको निमन्त्रणाबाहेक नेपालस्थित कूटनीतिक नियोग वा निवासमा प्रवेश गर्न नहुने उल्लेख छ।

अनुमति लिएर गए पनि त्यसबारे परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराउनुपर्ने आचारसंहितामा उल्लेख छ । तर, डिआइजी श्रेष्ठ दूतावास गएकोबारे गृहकै अधिकारीलाई समेत जानकारी छैन । सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले विदेशी नियोगका कर्मचारीसँग भेट्न अनुमति लिनुपर्ने र अनुमति नलिनेमाथि कारबाही हुने बताए.

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपामा राजेन्द्र महतोको प्रेम लिलाको चर्चा, को हुन प्रेमिका ?
राजपामा राजेन्द्र महतोको प्रेम लिलाको चर्चा, को हुन प्रेमिका ?
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
नेपाल–भारत १६ बुँदे संयुक्त विज्ञप्ति : हवाई रुट प्रदान गर्न निर्देशन
नेपाल–भारत १६ बुँदे संयुक्त विज्ञप्ति : हवाई रुट प्रदान गर्न निर्देशन
आज ८५५ जना कोरोना संक्रमित थपिए, ३१३ जना डिस्चार्ज
आज ८५५ जना कोरोना संक्रमित थपिए, ३१३ जना डिस्चार्ज
प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त
प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त
सरकारले अब मोबाइलमा निगरानी गर्ने
सरकारले अब मोबाइलमा निगरानी गर्ने
वाइडबडी जहाज खरिदमा एक अर्ब ४७ करोड भ्रष्टाचार ठहर, कंशाकारसहित चार जना दोषी ठहर
वाइडबडी जहाज खरिदमा एक अर्ब ४७ करोड भ्रष्टाचार ठहर, कंशाकारसहित चार जना दोषी ठहर
मंसिर २५ गते बिहिवारको राशिफल यस्तो छ
मंसिर २५ गते बिहिवारको राशिफल यस्तो छ
आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ
आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ