प्रहरी सञ्चार दिवसमा गोपनियता र पारदर्शिताका कुरा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
२८ पटक हेरिएको
Shares
प्रहरी सञ्चार दिवसमा गोपनियता र पारदर्शिताका कुरा

सारांश

  • काठमाडौं ।
  • प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूचना प्रणाली एप्लीकेशनहरुको उदघाटन गर्दै  संचार क्षेत्रमा हुने काम कारवाहीमा थप गोपनियता तथा पारदर्शिता हुने बताए ।
  •  ६०औं प्रहरी संचार दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यमा सूचना तथा संचार प्रविधिको आवश्यकता तथा महत्चबारे चर्चा गरेका थिए ।

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूचना प्रणाली एप्लीकेशनहरुको उदघाटन गर्दै  संचार क्षेत्रमा हुने काम कारवाहीमा थप गोपनियता तथा पारदर्शिता हुने बताए । ६०औं प्रहरी संचार दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यमा सूचना तथा संचार प्रविधिको आवश्यकता तथा महत्चबारे चर्चा गरेका थिए ।

सूचनाको अभावमा उत्पन्न हुनसक्ने जटिलता न्यूनिकरण गर्न संचार प्रविधिको आवश्यकता, यसको प्रयोग र विकासको अपरिहार्यता रहेको बताए ।

नेपाल प्रहरीले सूचना तथा संचार प्रविधिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिँदै कर्मचारीहरुले प्राप्त साधन स्रोतलाई उच्चतम प्रयोग गरी सांगठनिक छवि अभिवृद्धि, व्यावसायिक निष्ठा, पारदर्शिता ईमान्दारिताका साथ आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए ।

संचार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा. राजिव सुब्बाले संचार प्रणाली आधुनिकरण तथा सुढ्ढीकरण सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?