दुर्घटनामा घाइते प्राडा यादवको निधन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०८०
|
|
४२ पटक हेरिएको
Shares
दुर्घटनामा घाइते प्राडा यादवको निधन

सारांश

  • सप्तरी ।
  • दुर्घटनामा घाइते सप्तरीका प्राडा पञ्चदेव यादवको ६३ वर्षको उमेरमा आज निधन भएको छ ।
  • नेपाल राष्ट्रिय प्राध्यापक सङ्घ मधेस प्रदेशका अध्यक्ष एवं महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका प्राडा यादवको उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन् ।

सप्तरी । दुर्घटनामा घाइते सप्तरीका प्राडा पञ्चदेव यादवको ६३ वर्षको उमेरमा आज निधन भएको छ ।

नेपाल राष्ट्रिय प्राध्यापक सङ्घ मधेस प्रदेशका अध्यक्ष एवं महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका प्राडा यादवको उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन् । प्राडा यादवको साढे एक महिनादेखि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको थियो ।

यादव प्याब्सन सप्तरीको दुई कार्यकाल अध्यक्ष रही हाल प्याब्सन मधेस प्रदेशको प्राज्ञिक सल्लाहकार थिए । उनी सप्तरीमा क्रियाशील सामुदायिक सेवा केन्द्र र मैथिली साहित्य परिषद्को आजीवन सदस्यसमेत थिए ।

ज्ञानज्योति सेकेन्डरी स्कुल राजविराजका संस्थापकसमेत रहनुभएका यादव गत जेठ ३ गते राजविराज नगरपालिका–२ स्थित राजविराज–हनुमाननगर सडकखण्डमा सवारी दुर्घटनामा परेका थिए ।

विराटनगरमा शव परीक्षण पश्चात आजै उनको जन्मस्थान राजविराज नगरपालिका–१३ स्थित बिषहरियामा दाहसंस्कार हुने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ अभियान
आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ अभियान
परराष्ट्रमन्त्रीद्वारा  सामाजिक सञ्जालबाट दोस्रोपटक निर्वाचन खर्चको विवरण सार्वजनिक
परराष्ट्रमन्त्रीद्वारा सामाजिक सञ्जालबाट दोस्रोपटक निर्वाचन खर्चको विवरण सार्वजनिक
मालिमा शान्ति स्थापना गर्न राष्ट्रसंघीय प्रमुख गुटरेसकाे आग्रह
मालिमा शान्ति स्थापना गर्न राष्ट्रसंघीय प्रमुख गुटरेसकाे आग्रह
सस्तोमै सेक्सको मज्जा लिन पाइने ५ देश
सस्तोमै सेक्सको मज्जा लिन पाइने ५ देश
नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु
नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु
बझाङमा जीप  दुर्घटना हुदा ६ जनाको मृत्यु
बझाङमा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु
स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत
स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत
६ दर्जन हलबाट सुरक्षाको जुलेवी रिलिज
६ दर्जन हलबाट सुरक्षाको जुलेवी रिलिज
देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि प्रचण्डको प्रतिक्रिया ‘सबै मिलेर देश बनाउँ ’
देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि प्रचण्डको प्रतिक्रिया ‘सबै मिलेर देश बनाउँ ’
नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)
नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)