कर्णालीमा कोही पनि भूमिहिन भएर बस्नु नपर्ने : मुख्यमन्त्री शाही

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
३५ पटक हेरिएको
Shares
कर्णालीमा कोही पनि भूमिहिन भएर बस्नु नपर्ने : मुख्यमन्त्री शाही

सारांश

  • सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले मुलुकको विकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य वाधक रहेको बताएका छन् ।
  • भ्रष्टाचार र अनियमितता गर्ने उद्देश्यले योजना निर्माण हुने परम्परा रहेको बताउदै योजना निर्माण र कार्यान्वयनमा जनताको हस्तक्षेप आवश्यक रहेको बताए ।
  • सुर्खेतमा सीमान्तकृत, आदीवासी जनजाति तथा पिछडा समुदायका लागि सौर्य विद्युत प्रणाली हस्तान्तरण कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारणका लागि कर्णाली प्रदेश सरकारले शुन्य सहनशिलताको नीति अवलम्वन गरेको बताएका हुन् ।

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले मुलुकको विकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य वाधक रहेको बताएका छन् । भ्रष्टाचार र अनियमितता गर्ने उद्देश्यले योजना निर्माण हुने परम्परा रहेको बताउदै योजना निर्माण र कार्यान्वयनमा जनताको हस्तक्षेप आवश्यक रहेको बताए ।

सुर्खेतमा सीमान्तकृत, आदीवासी जनजाति तथा पिछडा समुदायका लागि सौर्य विद्युत प्रणाली हस्तान्तरण कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारणका लागि कर्णाली प्रदेश सरकारले शुन्य सहनशिलताको नीति अवलम्वन गरेको बताएका हुन् ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका कोही पनि भूमिहीन भएर बस्नुनपर्ने बताए । सबै किसिमका भूमि समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले शक्तिशाली भूमि आयोग गठन गर्ने जानकारी दिए । ‘सिमान्तकृत, अल्पसंख्यक, पिछडा वर्गको आफनै आवास निर्माणका लागि सरकारले आवश्यक वजेट सहित मुख्यमन्त्री एकिकृत वस्ती विकास कार्यक्रम संचालन गर्नेछ’ मुख्यमन्त्री शाहीले भने ।

लोपोन्मुख, सीमान्तकृत समाज उत्थान केन्द्रद्धारा आयोजित कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री खडकबहादुर खत्री, प्रदेशसभा सदस्य ठम्मर विष्ट, गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन लगायतले बोलेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?