‘जिरो’ फ्लप भएपछि त्रसित शाहरुख खान, नयाँ प्रोजेक्टलाई हिम्मत जुटाउन सकेनन्

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १६, २०७६
|
|
४४ पटक हेरिएको
Shares
‘जिरो’ फ्लप भएपछि त्रसित शाहरुख खान, नयाँ प्रोजेक्टलाई हिम्मत जुटाउन सकेनन्

सारांश

  • बलिउड बादशाह शाहरुख खान यतिबेला फिल्म जिरोको असफलताले त्रसित छन् ।
  • यो फिल्मले पाएको समीक्षा र व्यापारको असफलताको असर खानमाथि गहिरोसँग परेको छ ।
  • यसको असर उनमा यतिधेरै परेको छ कि अहिले कुनै नयाँ प्रोजेक्ट गर्ने बारेमा समेत सोच्न सकिरहेका छैनन् ।

बलिउड बादशाह शाहरुख खान यतिबेला फिल्म जिरोको असफलताले त्रसित छन् । यो फिल्मले पाएको समीक्षा र व्यापारको असफलताको असर खानमाथि गहिरोसँग परेको छ । यसको असर उनमा यतिधेरै परेको छ कि अहिले कुनै नयाँ प्रोजेक्ट गर्ने बारेमा समेत सोच्न सकिरहेका छैनन् ।

नयाँ फिल्ममा साइन गर्न हिम्मत जुटाउन नसकिरहेका उनी भन्छन्’ नयाँ फिल्ममा साइन गर्नु अघि केही समय लिन्छु ।’ पछिल्लो पटक चीनमा बेइजिंग फिल्म फेस्टिभलमा जिरो प्रदर्शन गर्न त्यहाँ पुगेका शाहरुखले यस्तो भनाई व्यक्त गरेका हुन् ।

फिल्मबाट केही समय विश्राम लिएर शाहरुख परिवारसँग समय विताउन चाहन्छन् । चीनमा एक वेवसाइटलाई दिएको अन्तरवार्तामा उनले फिल्म हेर्न, कितावहरु पढ्न र स्क्रिप्ट सुन्न समय लगाउने बताए । आफ्ना बच्चाहरुले कलेजको अध्ययन सकाउन लागेको भन्दै उनले केही बढि समय परिवारसँगै विताउने आशय व्यक्त गरे । शाहरुखकी छोरी सुहानाले कलेज अध्ययन गरिरहेकी छन् भने छोरा आर्यन यसै वर्ष कलेज पास आउट हुँदैछन् ।

जुनमा पनि हुँदैन नयाँ प्रोजेक्ट
शाहरुखले केही समय अघि जुनमा आफ्नो नयाँ प्रोजेक्ट सुरु हुने उद्घोष गरेका थिए । तर अहिले यस्तो नहुने उनले स्पष्ट पारिसकेका छन् । खान भन्छन्, ‘अब त्यतिबेलासम्म नयाँ प्रोजेक्ट नगर्ने जतिबेलासम्म आफ्नो मनले यसो गर भन्दैन ।’

उनले आफुले १५ देखि २० वटासम्म कथा सुनिसकेको र त्यसमध्ये दुई तीनवटा मन परेको खुलाए । तर अहिलेसम्म कुन स्टोरीमा फिल्म बनाउने भन्ने निश्चित नभईसकेको उनको भनाई छ । तर जब फिल्मको काम सुरु हुन्छ आफु त्यसमै पुरै डुबेर लाग्ने शाहरुख बताउँछन् ।

आनन्द एल. रायको निर्देशन रहेको उनको पछिल्लो फिल्म जिरो २१ डिसेम्बरमा प्रदर्शन भएको थियो । बक्स अफिसमा फ्लप भएको जिरोले दर्शक तथा समिक्षकबाट पनि दर्है गाली खाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानका उद्योगीहरु नेपालमा लगानी गर्न इच्छुक
जापानका उद्योगीहरु नेपालमा लगानी गर्न इच्छुक
देशलाई आर्थिक विकासको मार्गमा बढाउन सके गणतन्त्र दिवस मनाउनुको सार्थकता : सभामुख
देशलाई आर्थिक विकासको मार्गमा बढाउन सके गणतन्त्र दिवस मनाउनुको सार्थकता : सभामुख
सन्दीपले देखाउँदै कमाल, नेपाल विश्वकप नजिक
सन्दीपले देखाउँदै कमाल, नेपाल विश्वकप नजिक
कपडा पसलमा आगलागी रु दश लाखको क्षति
कपडा पसलमा आगलागी रु दश लाखको क्षति
डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो
डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो
सरकारले भन्यो ‘डा  गोविन्द केसीको तर्फबाट वार्ता गर्ने मान्छे भेटिएनन्’
सरकारले भन्यो ‘डा गोविन्द केसीको तर्फबाट वार्ता गर्ने मान्छे भेटिएनन्’
ब्राण्ड बकेटद्धारा स्वास्थ्यसम्बन्धि उत्पादनहरु नेपाली बजारमा उपलब्ध
ब्राण्ड बकेटद्धारा स्वास्थ्यसम्बन्धि उत्पादनहरु नेपाली बजारमा उपलब्ध
प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने
प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने
नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध ठोस र व्यवस्थित बनाउनुपर्छ : रक्षामन्त्री पोख्रेल
नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध ठोस र व्यवस्थित बनाउनुपर्छ : रक्षामन्त्री पोख्रेल
रुसले निर्माण गरेको कोरोना भ्याक्सिन स्पुतनिक भी नोभेम्बर महिनादेखि प्रयोगमा आउने