अहिलेसम्मकै सबैभन्दा महंगो चलचित्र बनाउँदै निर्देशक ढकाल
सारांश
- नेपाली चलचित्र क्षेत्रको विकास आजको दिनमा विस्तारै भईरहेको देखिन्छ ।
- तर अझैं पनि हेर्ने हो भने यो क्षेत्रभित्र हराउने चलन धेरै छ ।
- एउटा चलचित्र निर्माण गर्ने अनि फेरी गायब ।
नेपाली चलचित्र क्षेत्रको विकास आजको दिनमा विस्तारै भईरहेको देखिन्छ । तर अझैं पनि हेर्ने हो भने यो क्षेत्रभित्र हराउने चलन धेरै छ । एउटा चलचित्र निर्माण गर्ने अनि फेरी गायब । यो जल्दोबल्दो सत्य हो नेपाली चलचित्र क्षेत्रको जुन अहिले पनि हट्न सकेको छैन । हुन त यो क्षेत्रमा धेरै व्यक्तिहरु हराउने गरेको पाइएको छ त्यसमा कलाकार, निर्देशक र निर्माता सबैको नाम पर्दछ ।
चलचित्रलाई राम्रो बनाउनेमा बिशेष भूमिका निर्देशकको पनि हुन्छ । तर धेरै निर्देशक पनि बेलाबेलामा गायब भएको धेरै घटना छ । यस्तै एक नाम हो सौरभ ढकाल । उनी पनि गायब निर्देशक भित्र नै पर्दछन् । पछिल्लो समय उनी हराएको जस्तै भएका छन् ।
यसै बर्ष मात्र उनि निर्देशित ‘हिटलर’ नामक चलचित्र प्रदर्शनमा आएको थियो । तर चलचित्रले ठीकै मात्रै सफलता हासिल गर्न सफल भयो । त्यसपछि निर्देशक सौरभ ढकाल हराए । तर मिडियाको नजरदेखि धेरै टाढा भने हुन सकेनन् ।
भर्खरै मात्र उनको नया कामको खुलासा भएको छ । केहि समय हराए पनि भित्रि कुरा भने केहि ठूलो नै निक्लेको छ । उनले आफ्नो नयाँ प्रोजेक्टको बिषयमा खुलासा गरेका हुन् । उनका अनुसार उनी यतिबेला पृथ्वीनारायण शाहको बायोपिक निर्देशक गर्ने तयारीमा रहेका छन् । तर उनले यो बिषय खोल्दै गर्दा धेरै प्रश्नहरु उनीमाथि तेर्सिए र उनले ति मध्ये केहि कुराको भने व्याख्या विश्लेषण गरे ।
यसो हेर्ने हो भने यो १७ औं शताब्दीको कुरा खुल्न आउँछ । यो चलचित्रमा सबै १७ औं शताब्दीकै कुराहरु चित्रण गर्नुपर्ने हुन्छ । उनले यसको लागि पनि सबै तयारी भईसकेको बताए । त्यसको लागि अमेरिकन भीएफएक्स कम्पनि र इन्डियन भीएफएक्स कम्पनिसँग टाईअप गरिसकिएको र नेपालमा रहेको टेक्नोलोजी पनि प्रयोग गरिने उनले उल्लेख गरे । यस्तै यस चलचित्रको अधिकांश टेक्निकल पार्ट इन्डियाबाट हुने कुरा पनि उनले उल्लेख गरेका छन् ।
यस्तै यस चलचित्रको बिषयमा गहिरिएर सोच्ने हो भने उसै पनि धेरै कलाकारहरुको मिश्रण हुने देखिन्छ । यस बिषयमा बोल्दै उनले अहिलेको चलेकै टपस्टार कलाकारहरु नै चलचित्रमा राखिने बताए । तर को–को स्टार चलचित्रमा अनुबन्धित गरिने भन्ने बिषयमा भने पछि नै खुलासा गरिने कुरा पनि उनले स्पष्ट पारे । उनले चलचित्रको लगानीको बारेमा पनि बताएनन् । तर उनले चलचित्रको निर्माण बजेटको बिषयमा पनि कुनै कुरा अहिले खुलासा गरेनन् ।
त्यसैगरी उनले चलचित्र दुई भाषा अंग्रेजी र नेपालीमा निर्माण हुने बताएका छन् । उनको यो सबै कुरा सुन्दा र थप केहि अनुसन्धान गर्दा चलचित्रको यतिबेला व्यापक तयारी भईरहेको देखिन्छ । उनी विभिन्न ठाउँमा अनुसन्धानको लागि हिँडिरहेको कुराहरु पनि उनको फेसबुकमा पोष्ट भएका तस्बिरहरुले स्पष्ट पार्दछ । सानो–सानो कुरामा पनि धेरै गम्भिरताक साथ अध्ययन भईरहेको कुरा उनको तस्बिहरुले प्रष्ट पार्दछ । तस्बिरको अनुसार उनी अध्ययनकै लागि कहिले नेपालका त कहिले इन्डियाका विभिन्न ठाउँमा पुगेको देखिन्छ ।
उनले मिडियामा बोलेका यी सबै कुरा सुन्दा यो प्रोजेक्ट अहिलेसम्मकै सबैभन्दा ठूलो मेगा प्रोजेक्ट हुने संकेत देखिन्छ । यसै पनि चलचित्रको निर्माणको लागि अन्तर्राष्ट्रिय कम्पनीसँगको टाईअप, अंग्रेजी र नेपाली गरि दुई भाषामा बन्ने, टेक्निकल पार्ट पनि हाई, नेपालको टपस्टार कलाकारहरु चलचित्रमा लिइने भनेपछि यो सबै हेर्दा कममा पनि ७/८ करोडभन्दा कम चलचित्रको बजेट हुन नसक्ने प्रष्ट देखिन्छ ।
यो नेपाली चलचित्र क्षेत्रको लागि पनि एक नयाँ आयाम हुने देखिन्छ र यो प्रोजेक्टले भनेको जस्तो तरिकाले निर्माण र बाँकी अरु सबै गरेको खण्डमा नेपाली सिनेमाको नयाँ मार्केट र डाईमेन्सन हुने देखिन्छ । अब को–को नेपालका टपस्टार कास्ट यस चलचित्रका लागि फाइनल हुने हो त्यो भने हेर्न लायक नै हुनेछ ।
त्यसमाथि पृथ्वीनारायण शाहको भूमिकामा को देखिने हो भन्ने कुराले पनि यति बेला सबैको मनमा उत्सुकता पैदा गरेको छ । अब यो सबै उत्सुकता पक्कै पनि आउँदा दिनमा मेटिने नै छ ।
प्रतिक्रिया