भन्सार विभागका महानिर्देशक चार महिनामै अर्थ मन्त्रालय फिर्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
२९ पटक हेरिएको
Shares
भन्सार विभागका महानिर्देशक चार महिनामै अर्थ मन्त्रालय फिर्ता

सारांश

  • काठमाडाै, २ साउन ।
  • भन्सार विभागका महानिर्देशक तोयम राया अर्थ मन्त्रालय तानिएका छन्।
  • उनी चार महिना अगाडि महानिर्देशकको रूपमा विभाग गएका थिए।

काठमाडाै, २ साउन । भन्सार विभागका महानिर्देशक तोयम राया अर्थ मन्त्रालय तानिएका छन्। उनी चार महिना अगाडि महानिर्देशकको रूपमा विभाग गएका थिए। कर्मचारी फेरबदल गर्ने क्रममा बजेट महाशाखाका सहसचिव निर्मल हरि अधिकारीलाई भन्सार विभाग पठाउन लागिएको स्रोतले बताएकाे छ।

अर्थमन्त्रालयले अन्तर मन्त्रालय सरुवा गर्दै रायालाई भन्सारमा सरुवा गरेको चार महिनामै फिर्ता गरेको हो। उनलाई अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाको प्रमुख बनाइने अर्थ स्रोतले जानकारी दियो। अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख अर्जुन पोख्रेल गृह मन्त्रालयमा सरुवा भएका छन्। उनले आफूले पत्र पाइ नसकेको बताए।

यसैगरी रक्षा मन्त्रालयका बलराम रिजाल र उपराष्ट्रपति कार्यालयका हरिशरण पुडासैनी अर्थ मन्त्रालयमा सरुवा भएका छन्। रिजाल र पुडासैनी अर्थमा हाजिर भइसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?