ज्योति विकास बैंकले ल्यायो ६५ महिनामै पैसा डबल हुने योजना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ९, २०७९
|
|
२० पटक हेरिएको
Shares
ज्योति विकास बैंकले ल्यायो ६५ महिनामै पैसा डबल हुने योजना

सारांश

  • काठमाडौ ।
  • ज्योति विकास बैंकमा पैसा जम्मा गर्दा अब ६५ महिनामै डबल हुने भएको छ ।
  • बैँकले “ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट”मुद्धती खाता सञ्चालनमा ल्याएको छ।

काठमाडौ । ज्योति विकास बैंकमा पैसा जम्मा गर्दा अब ६५ महिनामै डबल हुने भएको छ । बैँकले “ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट”मुद्धती खाता सञ्चालनमा ल्याएको छ। विदेशमा गरिएको मेहनतको कदर गर्दै बैंकले रकम डबल प्राप्त हुने मुद्धती योजना सार्वजनिक गरेको जनाएको छ।

बैंकका अनुसार व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको उक्त डबल मुद्दती खाता न्यूनतम मौज्दात १० हजार वा सोभन्दा बढी रकम जम्मा गरि खोल्न सकिन्छ। सो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट तथा विदेशमा रहेका ग्राहकहरु द्वारा अनलाइनबाटै भिडियो केवाइसी अपडेट गरि संचालनमा ल्याउन सकिनेछ। साथै, यस खातामा ग्राहकलाई आवश्यक परेको खण्डमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ। यो योजना २०७९ भदौ महिना सम्मको लागि लागु हुने बैंकले जनाएको छ।

बैंकका अनुसार रेमिट्यान्स आम्दानी बाहेकका ग्राहकहरुको लागि पनि “ज्योति दुई गुणा डिपोजिट” मार्फत ७० महिनामै रकम डबल हुने मुद्दती योजना पनि संचालनमा ल्याइएको छ।

ज्योति विकास बैंकले हाल ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?