ट्राफिक प्रहरीले गर्याे एक वर्षमा ३४ लाख ९५ हजार राजस्व संकलन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
५७ पटक हेरिएको
Shares
ट्राफिक प्रहरीले गर्याे एक वर्षमा ३४ लाख ९५ हजार राजस्व संकलन

सारांश

  • अस्बिन खड्का, ४ साउन।
  •   सिराहको मिर्चैया ट्राफिक प्रहरीले ०७४ साउन १ गतेदेखि ०७५ असार ३२ गतेसम्म ४ हजार ९ सय सवारीसाधनलाई कारबाही गरी ३४ लाख ९५ हजार राजस्व असुली गरेको छ ।
  • स्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका इञ्चार्ज प्रहरी नायव निरीक्षक मनोजकुमार चौधरीका अनुसार १ सय ३१ ओटा बस, जीप ८ सय ७५, ट्रक–टिपर १ हजार ५ सय ५०, मोटरसाइकल १ हजार ९ सय ८२, ट्रयाक्टर ३ सय ९ र ५३ ओटा टेम्पोलाई कारबाही गरेको र जरिबाना बापत सो रकम उठेको  बताए ।

अस्बिन खड्का, ४ साउन।  सिराहको मिर्चैया ट्राफिक प्रहरीले ०७४ साउन १ गतेदेखि ०७५ असार ३२ गतेसम्म ४ हजार ९ सय सवारीसाधनलाई कारबाही गरी ३४ लाख ९५ हजार राजस्व असुली गरेको छ । स्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका इञ्चार्ज प्रहरी नायव निरीक्षक मनोजकुमार चौधरीका अनुसार १ सय ३१ ओटा बस, जीप ८ सय ७५, ट्रक–टिपर १ हजार ५ सय ५०, मोटरसाइकल १ हजार ९ सय ८२, ट्रयाक्टर ३ सय ९ र ५३ ओटा टेम्पोलाई कारबाही गरेको र जरिबाना बापत सो रकम उठेको  बताए ।

एक वर्षको अवधि मा मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ३ जना चालकलाई मिर्चैया ट्राफिक प्रहरीले कारबाही गरेको छ । २० जनाको सवारी चालक अनुमति–पत्रमा प्वाल पारिएको र ८३ जनासँग चालक अनुमति–पत्र नरहेको पाइएको छ ।

१३ जनाको मृत्यु
अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैया क्षेत्रमा एक वर्षको अवधिमा ४४ ओटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् । जसमा ११ जना पुरुष, १ जना महिला र १ जना बालक रहेको इञ्चार्ज मनोजकुमार चौधरीले बताए । दुर्घटनामा २४ जना गम्भीर घाइते र ५३ जना सामान्य घाइते भएका छन् ।

१२ मुद्दा दर्ता
एक वर्षको अवधिमा मिर्चैया क्षेत्रमा भएको सवारी दुर्घटनामा १२ सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता भएका छन् । जसमध्ये २ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । २ जना धरौटीमा छुटेका छन् । मुद्दा दर्ता भएकामध्ये ३ जनामाथि अनुसन्धान भइरहेको छ । २ जना फरार रहेको इञ्चार्ज चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?