ओलीसँग किन भए प्रचण्ड सशंकित!

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • पार्टी एकीकरणको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विश्वास र सहमतिभन्दा पनि अविश्वास बढ्दै गएको छ।
  • पार्टी एकता प्रक्रियामा प्रधानमन्त्रीसमेत रहनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक–पटक वान टु वान वार्ता भए पनि विश्वासको सट्टा अविश्वास र आशंका बढ्दै गएको छ।
  • पार्टी एकता गर्नुअघि नै आलोपालो सरकार सञ्चालन, पार्टीमा कार्यकारी भूमिका, समान हैसियतमा पार्टी एकता हुनुपर्ने माओवादी केन्द्रले अडान राखेको छ भने एमालेले निर्वाचनअघि टिकट वितरण र हैसियतअनुसार पार्टी एकता गर्नुपर्नेमा जोड दिँदै आएको छ।

पार्टी एकीकरणको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विश्वास र सहमतिभन्दा पनि अविश्वास बढ्दै गएको छ। पार्टी एकता प्रक्रियामा प्रधानमन्त्रीसमेत रहनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक–पटक वान टु वान वार्ता भए पनि विश्वासको सट्टा अविश्वास र आशंका बढ्दै गएको छ।

पार्टी एकता गर्नुअघि नै आलोपालो सरकार सञ्चालन, पार्टीमा कार्यकारी भूमिका, समान हैसियतमा पार्टी एकता हुनुपर्ने माओवादी केन्द्रले अडान राखेको छ भने एमालेले निर्वाचनअघि टिकट वितरण र हैसियतअनुसार पार्टी एकता गर्नुपर्नेमा जोड दिँदै आएको छ।

ओली र प्रचण्डबीच पद बाँडफाँडमा कुरा मिले पनि समान हैसियत, सरकारमा आलोपालो, समान हैसियतमा पार्टी एकता गर्ने विषयमा कुरा मिल्न सकेको छैन। दर्जनौंपटक भएको वार्ता र छलफलमा अडान राख्ने मात्र काम हुँदै आएको प्रचण्डका सचिवालयका एक सदस्य बताउँछन्।

ओली र प्रचण्डले पार्टी एकता हुने दाबी गर्दै आएका छन्। एकता प्रक्रियाबाट पछाडि फर्किने विकल्प नै नभएको बताए पनि पार्टी एकता गर्ने जिम्मेवारी पाएका ओली र प्रचण्डको बीचमा पछिल्लो समयमा आशंका र अडानका कारण वार्ता फलदायी हुन सकेको छैन।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

(Zolpidem)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Justin Biral

    ? gσσ∂? є∂ιтιиg? σf? уσυя? ρнσтσ? ? Shikhar? News

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Rk Paul Tmg

    KP Oli Modi Ko dalal ho vaner sangka lage Paxi sangka garnu parihalyoni

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?