सयपत्री युकेको नेपालमा शाखा विस्तार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २, २०७४
|
|
५० पटक हेरिएको
Shares
सयपत्री युकेको नेपालमा शाखा विस्तार

सारांश

  • काठमाडौं ।
  • नेपाली गीतसंगीतको विकास र विस्तारका लागि यूकेमा गठन भएको सयपत्री नेपाली सांस्कृतिक समूहको वैशाख ३ गते नेपालमा भएको एक भेलाले गायक गणेश गुरुङको अध्यक्षतामा शाखा विस्तार गरेको छ ।
  • नेपाली गीतसंगीतको क्षेत्रमा बृहत्तर रुपले लाग्नका लागि मौलिक कला संस्कृतिलाई विदेशमा प्रस्तुत गर्न यो समूहको आवश्यकता भएको महसुस गर्दै नेपाल शाखाको अवधारणा अघि ल्याइएको हो ।

काठमाडौं । नेपाली गीतसंगीतको विकास र विस्तारका लागि यूकेमा गठन भएको सयपत्री नेपाली सांस्कृतिक समूहको वैशाख ३ गते नेपालमा भएको एक भेलाले गायक गणेश गुरुङको अध्यक्षतामा शाखा विस्तार गरेको छ ।

नेपाली गीतसंगीतको क्षेत्रमा बृहत्तर रुपले लाग्नका लागि मौलिक कला संस्कृतिलाई विदेशमा प्रस्तुत गर्न यो समूहको आवश्यकता भएको महसुस गर्दै नेपाल शाखाको अवधारणा अघि ल्याइएको हो । सयपत्री नेपाली सांस्कृतिक समूहको केन्द्रीय कार्यालय युकेमा रहेको छ भने अहिले यसको शाखा विस्तारको क्रम जारी रहेको छ ।

सयपत्री नेपाली सांस्कृतिक समूह नेपाल शाखाको अध्यक्षमा गायक गणेश गुरुङ रहेका छन् भने उपाध्यक्षमा गायक विरही कार्की र नृत्यांगना अस्तित्व अभियान रहेका छन् ।

त्यस्तै महासचिवमा गीतकार एवं सञ्चारकर्मी सुमन बैरागी रहेका छन् भने रमेशबाबु थापा रहेका छन् । त्यस्तै गायिका भिमु गुरुङ कोषाध्यक्ष, गायक रामकुमार गुरुङ सहकोषाध्यक्ष रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा सुनिल लामिछाने, एन्जिला राना, अन्जना रानामगर, मनाङ गुरुङ, बाला दूरा, अन्जु शाही रहेका छन् । १५ जनाको कार्यसमितिमा दुई जना भने मनोनित हुन बाँकी रहेका छन् ।

शाखा विस्तारपछि बोल्दै गायक गणेश गुरुङले केन्द्रीय कार्यालय युके शाखाको निर्देशन अनुसार मुलुक र मुलुकबाहिर विभिन्न सांस्कृतिक गतिविधि गर्नुका साथै कलासंस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि संस्थाका तर्फबाट आफू प्रतिबद्ध रहेको बताएका छन् ।

शाखा गठनको खबर पाएपछि सयपत्री नेपाली सांस्कृतिक समूह युकेका अध्यक्ष एलबी गुरुङ र महासचिव प्रभु गुरुङले संयुक्त रुपमा बधाई एवं धन्यवाद दिएका छन् ।

आगामी २९ जुलाईमा युकेमा सम्पन्न हुन लागेको सयपत्री साँझको पूर्वसन्ध्यामा भएको शाखा विस्तार कार्यक्रमलाई उक्त साँझलाई सकारात्मक एवं सफलताको बाटोमा लैजाने विश्वास केन्द्रले लिएको छ । त्यस्तै शाखाले पनि सयपत्री साँझ सफल बनाउन आवश्यक पर्ने भूमिका निर्वाह गर्ने बताएको छ । सयपत्री नेपाली सांस्कृतिक समूह नेपाली शाखाको तर्फबाट उक्त साँझ सफलताका साथ सम्पन्न गर्न अग्रिम शुभकामना तथा बधाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव अधिकार अवस्था अनुगमन समितिको आपत्ति
मानव अधिकार अवस्था अनुगमन समितिको आपत्ति
गलकोट नपामा अपांगमैत्री  सार्वजनिक शौचालय निर्माण
गलकोट नपामा अपांगमैत्री सार्वजनिक शौचालय निर्माण
आज महाशिवरात्री पशुपतिमा भीड, रातभर जाग्राम
आज महाशिवरात्री पशुपतिमा भीड, रातभर जाग्राम
नेपाल टेलिकमको चुनाव लक्षित योजना ४९ रुपैयाँमा अनलिमिटेड डाटा र कल
नेपाल टेलिकमको चुनाव लक्षित योजना ४९ रुपैयाँमा अनलिमिटेड डाटा र कल
तनहुँमा स्थानीय तह निर्वाचनको सरगर्मी बढ्यो
तनहुँमा स्थानीय तह निर्वाचनको सरगर्मी बढ्यो
अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था खोलिँदैनः योगेशकुमार भट्टराई
अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था खोलिँदैनः योगेशकुमार भट्टराई
रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो
रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्
इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’
इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’
साेमबार बिहानै आपूर्तिमन्त्री बल्खुस्थित तरकारी तथा फलफूल बजारमा भेटिएपछि…
साेमबार बिहानै आपूर्तिमन्त्री बल्खुस्थित तरकारी तथा फलफूल बजारमा भेटिएपछि…