काम गरौँ, चुनावको चिन्ता नगरौँ : महामन्त्री शर्मा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०८०
|
|
३० पटक हेरिएको
Shares
काम गरौँ, चुनावको चिन्ता नगरौँ : महामन्त्री शर्मा

सारांश

  • गलकोट ।
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको धारणा राखेका छन् ।
  • प्रेस युनियन बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले ‘मिसन–८४’ भन्दा ‘भिजन–९५’ मा लाग्न सुझाव दिए ।

गलकोट । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको धारणा राखेका छन् । प्रेस युनियन बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले ‘मिसन–८४’ भन्दा ‘भिजन–९५’ मा लाग्न सुझाव दिए ।

उनले चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम गर्न सकिन्छ भनि विकासको खाका तयार गर्न लाग्नुपर्नेमा जोड दिए । “नेपालमा भूकम्पपछि घर पुनःनिर्माण गर्नुभन्दा घर भत्कनै नदिने योजना चाहियो, तत्कालै सम्भव नहोला तर १५ वर्षभित्र नेपाल एउटा चरणमा पुग्नेगरी योजना बनाऔँ”, शर्माले भने ।

सो अवसरमा आगामी फागुन ७ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा अहिलेको सरकारको कामका विषयमा गम्भीर छलफल हुने बताए । “अहिले भइरहेको सरकारको काम सुस्त भएको छ, सरकारमा नेपाली कांग्रेस पनि छ”, महामन्त्री शर्माले भने, “सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुको कामको समीक्षा गर्नेछौँ, आगामी फागुनसम्म सरकारको कामले गति नलिए गम्भीर समीक्षा गर्न बाध्य हुनेछौँ ।” उनले चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन आवश्यक रहेको धारणा राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिपुलेक सडक प्रकरणमा भारतीय सेना प्रमुखको अभिव्यक्तिमा नेपाली सेनाको यस्तो जवाफ
लिपुलेक सडक प्रकरणमा भारतीय सेना प्रमुखको अभिव्यक्तिमा नेपाली सेनाको यस्तो जवाफ
प्रधानन्यायाधीशको जिम्मेवारी पाएका श्रेष्ठले सम्हाले कार्यभार
प्रधानन्यायाधीशको जिम्मेवारी पाएका श्रेष्ठले सम्हाले कार्यभार
काठमाडौंको मेयरमा बालेन निर्वाचित, सुनिता उपमेयर
काठमाडौंको मेयरमा बालेन निर्वाचित, सुनिता उपमेयर
नेपालले तेस्रो मुलुकबाट गर्ने आयातमा लगाएको सेवा शुल्क हटाउने भारतको घोषणा
नेपालले तेस्रो मुलुकबाट गर्ने आयातमा लगाएको सेवा शुल्क हटाउने भारतको घोषणा
सरकारले यि ९ देशका राजदुत फिर्ता बोलाउने !
सरकारले यि ९ देशका राजदुत फिर्ता बोलाउने !
पुस १५ गतेबाट श्रम स्वीकृति लिन काठमाडौं धाउन नपर्ने
पुस १५ गतेबाट श्रम स्वीकृति लिन काठमाडौं धाउन नपर्ने
महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f
महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f
प्रधानमन्त्री पत्नी आरजु राणा चढेको गाडी दुर्घटना
प्रधानमन्त्री पत्नी आरजु राणा चढेको गाडी दुर्घटना
माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल
माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल
हालसम्म २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता : निर्वाचन आयोग
हालसम्म २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता : निर्वाचन आयोग

तपाईंले छुटाउनुभयो कि?