सिहदरवारमा पत्रकारहरुलाई सहज पहुँचका लागी गृहमन्त्रीलाई ध्यानाकर्षण
सारांश
- काठमाण्डौ, ६ साउन ।
- नेपाल पत्रकार महासंघले सिहदरवारमा पत्रकारहरुको सहज पहुँचका लागी गृहमन्त्री रामबहादुर थापा बादललाई ध्यानाकर्षण गराएको छ ।
- महासंघको प्रतिनिधिमण्डलले गृहमन्त्रीलाई भेटी त्यस्तो ध्यानाकर्षण गराएको हो ।
काठमाण्डौ, ६ साउन । नेपाल पत्रकार महासंघले सिहदरवारमा पत्रकारहरुको सहज पहुँचका लागी गृहमन्त्री रामबहादुर थापा बादललाई ध्यानाकर्षण गराएको छ । महासंघको प्रतिनिधिमण्डलले गृहमन्त्रीलाई भेटी त्यस्तो ध्यानाकर्षण गराएको हो । पत्रकारहरुलाई सम्बन्धित मिडियाको परिचयपत्रको आधारमा सिहदरवार प्रवेशको ब्यवस्था गर्न पनि आग्रह गरिएको थियो । 
त्यसैगरी बाग्लुङमा दुर्घटनामा परी गम्भीर घाइते भएका महासंघका निवर्तमान महासचिव उजिर मगरको उपचारका लागी सरकारसङ्ग सहयोगको माग पनि महासंघले गरेको छ । यस्तै सन्चारमाध्यममा प्रकाशित समाचारलाई साइबर क्राइम अन्तर्गत नराख्न सरकारलाई आग्रह गरिएको थियो । कार्यवाहक अध्यक्ष विपुल पोख्रेलको नेतृत्वमा गएको प्रतिनिधी मण्डलमा सचिवद्वय उदय जीएम र प्रकाश थापा, कोषाध्यक्ष राजेश मिश्र, लेखा सम्योजक रोशन पुरी रहेका थिए ।
प्रतिक्रिया