भारत्तोलन खेलाडी सञ्जुले आत्महत्या गरेको प्रहरी निष्कर्ष

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २७, २०७९
|
|
२६ पटक हेरिएको
Shares
भारत्तोलन खेलाडी सञ्जुले आत्महत्या गरेको प्रहरी निष्कर्ष

सारांश

  • ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित लुभुमा मंगलबार बिहान मृत भेटिएकी भारत्तोलन खेलाडी सञ्जु चौधरीले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
  • लुभु स्थित प्रशिक्षक सञ्जीव महर्जनको घरको भुईँ तालामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा उनी मृत फेला परेकी थिइन् ।
  • सञ्जुले १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी थिइन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित लुभुमा मंगलबार बिहान मृत भेटिएकी भारत्तोलन खेलाडी सञ्जु चौधरीले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । लुभु स्थित प्रशिक्षक सञ्जीव महर्जनको घरको भुईँ तालामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा उनी मृत फेला परेकी थिइन् ।
सञ्जुले १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी थिइन् । पंखा राख्न बनाएको हुकमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा प्रहरीले उनको शव निकालेको थियो । ‘प्रारम्भिक अनुसन्धानबाट आत्महत्या गरेको देखिन्छ,’ जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिबिक्रम शाहले भने, ‘आत्महत्याको कारणबारे अनुसन्धान गरिरहेका छौं ।’

सञ्जु बाँकेस्थित नेपालगञ्जकी हुन् । प्रहरीले उनको मोबाइल परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । फरेन्सिक जाँच रिपोर्टका आधारमा मृत्युको कारणबारे थप अनुसन्धान गरिने एसपी शाहले जानकारी दिए ।

२४ वर्षीया सञ्जु झुण्डिएको देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । उनका परिवारले प्रहरीलाई ‘केही थाहा नभएको’ बताएका छन् । उनको शव पाटन अस्पतालमा पोष्टमार्टम गरिँदै छ ।
यसैबीच चौधरीलाई राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’
‘छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’
जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश गर्न भोलि संवैधानिक परिषद्को बैठक, को होला प्रधानन्यायाधीश ?
जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश गर्न भोलि संवैधानिक परिषद्को बैठक, को होला प्रधानन्यायाधीश ?
शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन
शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको तिजको  ‘साहै रमाइलो ’  ( हेर्नुहोस भिडियो )
गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको तिजको  ‘साहै रमाइलो ’  ( हेर्नुहोस भिडियो )
महाकवि देवकोटाको कविता सुनाउँदै ओलीले विप्लवलाई के भने (भिडियोसहित)
महाकवि देवकोटाको कविता सुनाउँदै ओलीले विप्लवलाई के भने (भिडियोसहित)
‘नेपालमा इन्काउन्टर भन्ने शब्द नै छैन’,डीआईजी कार्की…
‘नेपालमा इन्काउन्टर भन्ने शब्द नै छैन’,डीआईजी कार्की…
सरकारले बाँड्याे कार्यकर्तालार्इ निर्वाचनकाे मुखमा  १६ कराेड
सरकारले बाँड्याे कार्यकर्तालार्इ निर्वाचनकाे मुखमा १६ कराेड
क्यानडा पठाईदिन्छु भनि ठग्ने पक्राउ
क्यानडा पठाईदिन्छु भनि ठग्ने पक्राउ
गोरखा २ मा माओवादी अध्यक्ष दाहालको उम्मेदवारी दर्ता
गोरखा २ मा माओवादी अध्यक्ष दाहालको उम्मेदवारी दर्ता

तपाईंले छुटाउनुभयो कि?